सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं क्षेत्र नंम्बर ६ का उम्मेदवार लौरो अभियन्ता मुकुन्द सिलवाल लोकप्रिय हुँदै

काठमाडौँ । काठमाडौँ क्षेत्र नंम्बर ६ का उम्मेदवार लौरो अभियन्ता मुकुन्द सिलवाल सामाजिक कार्य क्षेत्रमा लामो समय योगदान दिने व्यक्तिको रूपमा परिचित नाम हो ।
२०६८/६९ साल देखिको सफाई अभियान बाट उहाँको सामाजिक कार्यको यात्रा सुरुवात भयो ।
लौरो अभियन्ता मुकुन्द सिलवाल एमसीसी विरुद्धको ८ दिने उपत्यकाब्यापि सांस्कृतिक पदयात्राको अग्रपंतिमा रहेर भुमिका निभाउने नाम मध्य एक नाम हो ।
गुठी विधेयकको आन्दोलनमा समेत सकृय सहभागिता जनाउनुभएका सिलवालले , गैरन्यायिक विस्थापन विरुद्धको नेतृत्वदायी आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको थियो ।
सिलवालल भाषा, संस्कृति संरक्षण अभियान, वातावरण सरसफाई अभियान, भष्टाचार विरोधी नागरिक अभियानको समेत नेतृत्व गर्दै आफ्नो सामाजिक कार्यक्षेत्रको यात्रामा अघि बढ्नु भएको छ ।
लामो समय सामाजिक कार्यक्षेत्रको यात्रामा निरन्तर अघि बढनु भएका मुकुन्द सिलवालको देशको राजनीतिक अवस्थामा सुधार गर्न आवश्यक भएकोले अहिले मंसिर ४ गतेको निर्वाचनमा काठमाडौँ क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँको उम्मेदवारी रहेको छ ।
काठमाडौँ क्षेत्र नंम्बर ६ बाट उम्मेदवारी दिनुभएका उहाँले नागरिकको सर्वोच्चता कायम गर्ने र स्वाधीन नेपालको निर्माण गर्ने,संस्कृति र सम्प्रदायको संरक्षण गर्ने, स्वदेशी उद्योगलाई पुर्नजीवन दिने उद्देश्यले आफूले देशको विकास र नागरिकको हकहितको रक्षा गर्न उम्मेदवारी दिएको बताउनु भएको छ ।
“जनताको आशा लौरोमा भरोशा” भन्ने नारा सहित आफूले लौरो चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सक्षम र सबल युवालाई अत्यधिक बहुमतले विजयी गराउन क्षेत्र नंम्बर ६ का मतदाताहरुलाई आग्रह गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »