सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं क्षेत्र नं १ ख मा एमाले बाट राजकुमार हुमागाईँको नाम सिफारिस

काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनको मिति नजिकिदै गर्दा प्राय सबै राजनैतिक दलहरुको देशैभरबाट उम्मेदवार चयन तथा सम्बन्धित पार्टी कमिटि बाट सिफारिसगर्ने काम तिब्रताको साथ भईरहेको छ ।
नेकपा एमाले काठमाडौं जिल्ला क्षेत्र नं १ ख बाट अखिल नेपाल ट्रेड यूनियन महासंघका नेता, कानुन ब्यबसायी, समाजसेवी तथा संगितकर्मी संघमा समेत आवद्ध भएका राजकुमार हुमागाईँको नाम सिफारिस गरेको छ ।
सत्तारुढ दलको गठबन्धनलाई परास्तगर्न नेकपा एामलेले यसपटक उम्मेदवार चयनमा केहि फरक शैली अपनाएको छ ।
यो पटक एमाले ले धेरै नयाँ अनुहारलाई फिल्डमा उतार्ने नितिलिएको देखिन्छ ।
पुँजिवादी चुनावी प्रकृयामा सामेल हुन पुँजिनै प्रधान हुने भएको ले गर्दा एमालेले धेरै ठाउँमा ब्यबसायी तथा उद्योगीहरुलाई अगाडी सारीरहेको छ ।
क्षेत्र नं १ ख बाट सिफारिस भएका हुमागाईँ पनि रियल स्टेट ब्यबसबयी , कानुन ब्यबसायी तथा मिडिया क्षेत्रमा समेत राम्रो दख्खल राख्ने ब्यक्ति हुन् ।
लामो समयदेखि राजनिति , समाजसेवा तथा ब्यबसायलाई एकै साथ अगाडी बढाएका हुमागाईँ हरेक क्षेत्रमा सफल बन्दै गएका कारण यो चुनावमा पार्टीले सपोर्ट गरेमा आफुले चुनाव जित्ने कन्फर्म भएको बताउनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »