सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द भएको छ । केही कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि बन्द गरेकाे प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले जानकारी दिएकाे हाे ।

आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक कामबाहेक सेवा बन्द भएको जानकारी गराएका हुन् ।

पराजुलीका अनुसार अब शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसबाहेक अन्य काम हुने छैनन् ।

तत्कालका लागि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, नाबालिक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दार्ता र नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ताको काम हुने छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »