सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरका ३१ सरसफाई कर्मचारीमा एन्टिबडी पोजिटिभ

काठमाडौं। काठमाडौं महानगरपालिकाका सरसफाई गर्ने ३१ जना कर्मचारीहरुमा आरडीटी परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ पाइएको छ ।
महागनरपालिकाका अनुसार शुक्रबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा ३१ जनाको एन्टिबडी पोजिटिभ देखिएको हो ।

महानगरपालिकाका अनुसार १५ जना महिला र १६ जना पुरुषमा एन्टिबडी पोजिटिभ देखिएको हो, जसमा चालकहरु समेत रहेका छन् । यकिन गर्नका लागि उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ६ सय ६४ जना कर्मचारी आरडीटी परीक्षण र २ सय ६८ जना कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको छ ।

अहिले एन्टिबडी पोजिटिभ देखिएका ३१ जनालाई महानगरपालिकाको वातावरण भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »