सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना संक्रमणको अवस्था (सुचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३ सय नाघेको छ ।

महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म महानगरमा ७ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ३ हजार ६१३ जना संक्रिय संक्रमित छन् भने ३ हजार ३५४ जना संक्रमण मुक्त भइसकेका छन्।

सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा ६८४ जना रहेका छन् भने सबैभन्दा कम २ नम्बर वडामा ५१ जना रहेका छन्। त्यस्तै ३६५ जना संक्रमितको वडा नखुलेको महानगरले जनाएको छ।

महानगरले २ हजार ३१३ जना होम आइसोलेसनमा र ८१९ जना संस्थागत आइसोलेसनमा रहेको जनाएको छ। त्यस्तै ४८१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट महानगरमा अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको छ।

काठमाडौं महानगरको वडागत तथ्यांक

भर्खरै

सम्बन्धित खबर

Language »