सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमान्डौ उपत्यका मा अर्को जन भूकम्प आउने संकेत

उपत्यका ब्यापी सडक विस्तार पिडित संघर्ष समिती तथा गुठी आन्दोलन को जग मा स्थापित भएको उपत्यकाको ने वार समुदाय को एकता र उपत्यका को बिबिध समस्याहरु को बारेमा आवाज बुलन्द गर्दै आएका जुझारु युवा हरु को सहकार्य मा उपत्यका सरोकार मन्च ले नयाँ ढंग ले आफ्नो आन्दोलन को मोडालिटी तयार गर्ने भएको छ ।

काठमान्डौ उपत्यकाब्यापी नागरिक शान्ती पद यात्रा मार्फत आम उपत्यकाका नागरिक लाई पहिलो चरण सचेत गराइ सकेको ले अब आफ्नो मौलिकता को रक्षा को लागी आम नागरिक एकजुट भएर लाग्ने यस मन्च का सदस्य विरोचन श्रेष्ठ बताउछन ।

बाहिरी चक्रपथ , फास्ट ट्र्याक , स्मार्ट सिटी ,सडक वितार को बहना मा यहाँ का मुल वासी हरु लाई यो सरकार ले अन्याय गेरेको उनिहरु को ठहर छ ।

सह -अस्तित्व ,मौलिकता ,प्राकृतिक सन्तुलन ,आत्मनिर्भरता , नेतृत्व सहित को सन्तुलित बिकास गर्न सकिने भएको ले र यसरि गरिने बिकास ले मात्र मौलिकता सहित को काठमान्डौ तथा संबृद्ध नेपाल को परिकल्पना पुरा गर्न सकिने यस मन्च का सचिब आर के श्रेस्ठ को कथन छ ।

सकारात्मक सोच को बिकास र रचनात्मक आलोचना गर्दै अति उपभोगवादी चिन्तन तथा बिलासी जिवन सैलि बाट अलिकती बच्न सके मात्र यो आन्दोलन लाई सार्थक बनाउन सकिने अध्यक्ष सुमन स्यामी को धारणा रहेको छ ।उपत्यका कै रैथाने नेवार नेता हरु को कारण यहाँ को समस्या पैदा भएको उन को दाबी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »