सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठ्माण्डौ का नेवा:हरु भन्छन् :सरकार ले हामिमाथी ठुलो अन्याय गर्‍यो

काठ्माण्डौ का मुलवासी तथा ने वार समुदाय माथी बिभिन्न समय र बहानामा राज्य पक्ष बाट ज्यादति भएको भन्दै नेवा: समुदायका बिभिन्न संघ संगठन हरु ले आपत्ती जनाएका छन् । यही भदौ १८ गते ललितपुर को पुल्चोक मा रातो मछिन्द्रनाथ को रथ तान्ने बिषय लाई लिएर स्थानिय वासिन्दा तथा सम्पदाप्रेमी नेवा: हरु माथी भएको प्रहरी दमन को घोर भर्सना गरिएको छ ।


कहिले सडक बिस्तार को बहानामा कहिले गुठी त कहिले संस्कृती संरक्षण मा हस्तक्षेप गर्दै यहाँ को मुल वासी को अस्तित्व नै धराप पार्ने काम भई रहेको नेवा : अधिकार कर्मी हरु को भनाइ छ ।
रातो मछिन्द्रनाथ को रथ तान्ने क्रममा बिवाद भएपछी स्थानियवासी र प्रहरी विच झडप हुँदा केहि घाइते भएका थिए । झडप को क्रम मा एउटा समुहले ट्राफिक प्रहरी माथी आक्रमण गरेको भिडियो सार्वजानिक भएपछी स्थिती अझ बिग्रीएको थियो ।


स्थितिलाई नियन्त्रण मा लिन प्रहरी ले दर्जनौ सेल अस्रु ग्याँस तथा पानीको फोहोरा समेत प्रयोग गरेको थियो । निषेधाज्ञा को समय मा हुल हुज्वत गरेको भन्दै केहि ब्यक्ती लाई प्रहरिले त्यही बाट गिरफ्तार गरेको थियो भने पक्राउ परेका हरु लाई भेट्न जाँदा माथी को आदेश भ न्दै नेवा: अभियान्ता असोज कुमार महर्जन लाई पनि पक्राउ गर्‍यो ।


झडप भएको भोलिपल्ट समेत प्रहरिले घर घर मा गएर केहि नेवा: अधिकार कर्मी हरु लाई पक्राउ गरेको जनाइएको छ । भक्तपुर बोडे बाट निराज बाँडे लगाएत केहि संचार कर्मी समेत पक्राउ परेको अभियान्ता हरु बताउछन् ।

नेवा: माथी भएको यि घटना हरु को भर्सना गर्दै बिभिन्न संघ संगठन हरु ले पक्राउ गरिएका सबै को बिना सर्त रिहाइ गर्दै, रातो मछिन्द्र नाथ को रथ लाई बिधिवत तरिका बाट तान्ने कार्य लाई पुरा गर्न आह्वान गरी बक्तब्य हरु जारी गरेका छन् ।


राष्ट्रवादी केन्द्र नेपाल का अध्यक्ष चन्द्र ब थापा ,काठ्माण्डौ उपत्यका ब्यापी सडक पिडित संघर्ष समिती का अध्यक्ष सुमन स्यामी ,डेल्टा मल्टिमिडिया का अध्यक्ष भाइकाजी महर्जन ,ने वा: देय् दबु का महासचिब माइला बाबु द्धोला , हलिं ने वा: गुथी का अध्यक्ष धर्मा भक्त मल्ल , सिमा बचाऔं अभियान नेपाल का संयोजक सोनाम साथी , मध्यपुर संचार समाज का अध्यक्ष बाबु काजी श्रेष्ठ , बौद्ध युवा कमिटी का सचिव प्रणिता शाक्य लगाएत हस्ताक्षरित बक्तब्य जारी भएका छन् ।

चौतर्फी दवाब खडा भएपछी प्रशाशन संग को सहमती मा आज बाट रथ तान्न शुरु गरिने भएको छ । कोरोना संक्रमण को कारण देखाउदै रथ लाई पुरा शहर नघुमाउने सहमती भए सङ्गै रथ अगाडी बढाउन थालिएको हो । रथ को नजिकै संबन्धित संघ सस्था र प्रहरी बाहेक कसै लाई पनि जान दिइएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »