सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठ्माण्डौ का मेयर ले सोल्टी होटल मा गरेको खर्च बिवरण सार्वजानिक गर्न माग

काठमाडौं । 

काठ्माण्डौ महानगर पालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लाई कोरोना पोजेटिभ को रिपोर्ट आए पछी उनले आफ्नै घर वा सामान्य आइसोलेसन मा नबसी सोल्टी होटल को सुबिधा सम्पन्न कोठा लिएर बसेको भन्दै सबैतिर आलोचना हुन थालेको छ ।
राज्य ढुकुटी को दोहन भएको भन्दै आज विवेकशील नेपाली दलले काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण माग गरेको छ ।
सूचनाको हक सम्बन्धी निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन् ।
निवेदन दर्ता गरेपछि नेतृ रञ्जु दर्शनाले नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन कि महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौं । निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर आवस्यक कदम चाल्ने विवेकशील नेपाली दलको तयारी रहेको बताएकि छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »