सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठ्माण्डौ को माईतिघर मण्डला देखी नयाँ बानेस्वर क्षेत्र केहिबेर राजावादी को कब्जामा

काठ्माण्डौ ।
नेपाल को राष्ट्रीय झण्डा सहित देश का बिभिन्न भाग बाट एकै साथ राजधानिको माइतिघर मण्डला मा जम्मा भएका राजावादी हरु ले हजारौ समर्थकलाई सडकमा उतारेका छन् ।सयौं को संख्या मा तैनाथ गरिएका शुरक्षाकर्मी को बिचमा शान्ति पुर्ण रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।
राजधानी काठमाण्डौंमा मात्र नभइ देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले सोमबार राजधानीमा शक्ति प्रदर्शन गरेका हुन् ।
पन्चायती कालका पुर्व मन्त्री समेत रहेका केशर बहादुर बिष्ट को संयोजकत्व मा आयोजना गरिएको कार्यक्रम मा नेपाली काँग्रेस का नेता बिपिन कोइराला , पुर्व मन्त्री दिपक ज्ञावली , नेपाली सेना का निवर्तमान वरिश्ठ अधिकारी हरु ले समेत संबोधन गरेका थिए ।
कार्यक्रम का वक्ता हरु ले यि अहिले का पाटी हरु ले राजालाई फ्याकेको नभै देश र जनता को लागी स्वमर्जी ले सिंहासन छोडेको र जनता ले चाहेको वखत जतिबेला पनि सिंहासन मा फर्काउन सकिने जिकिर गरेका छन् ।
काठ्माण्डौ उपत्यका को स्थानिय मात्रै ५०० जना भन्दा बढी उपस्थिती रहेको र यो अवस्था आउनु मा वर्तमान राज्य सत्ता जिम्मेवार भएको ले आम जनता हिन्दू राज्य , संघियता को खारेजी तथा राजतन्त्र को पक्षमा उर्लीएको बालाजु माछापोखरी का स्थानिय राष्ट्रीय शक्ती नेपाल का केन्द्रीय अभियान्ता देबेन्द्र महर्जन को दावी छ ।
देशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जानु र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पनि इतिहासकै कमजोर अवस्थामा पुग्दा राजावादीहरुको सक्रियतालाई अर्थपूर्ण मानिएको छ ।
उनीहरुले प्रमुख शहरहरु विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुर लगायतका शहरमा शक्ति प्रदर्शन गरिसकेका छन् । राजावादीहरुले राजधानीमा आगामि २० मंसिरका लागि शक्ति प्रदर्शन गर्ने तयारी गरिसकेका छन् ।
राजावादीहरुले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्दै आएका छन् । उनीहरु योजनावद्ध तरिकाले अगाडि बढ्न खोजेपछि सत्तारुढ दलका नेता देखि सरकारका मन्त्रीहरुले समेत चेतावनीसहित अभिव्यक्ति दिनथालेका छन् । कतिपय मुख्य राजनीतिक दलका नेताहरुले राजावादीहरुलाई चलखेल नगर्न चेतावनी दिएका छन् ।
यसअघि ६ कात्तिकमा पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुको भूमिकामाथि गम्भीर प्रश्न उठाएर लिखित सन्देश दिएका थिए । त्यसलाई राजावादीलाई सक्रिय हुन गरिएको आव्हानकको रुपमा बुझिएको थियो । त्यसयता देशका मुख्य शहरहरुमा प्रदर्शन निरन्तर हुन थालेको छ ।
२५ कात्तिकमा काठमाडौं, २७ कात्तिमा विराटनगर, ४ मंसिरमा धनगढी, १० मा जनकपुर र पोखरामा १३ गते नेपालगन्जमा राजावादीको प्रदर्शनहरु भइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »