सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे कानपुरमा फागुन ९ गते बृहत ल्हाेछार कार्यक्रम हुने

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरमा यही फागुन ९ गते बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । लामा, बाेन्बाे, ताम्बा अनि झाकी सहितकाे बृहत तामझामका साथ ल्हाेछार मनाउने तयारीमा कानपुरबासी झुटिसकेकाे र सम्पुर्ण तयारी पुरा भएकाे अायाेजक टिमले बताएका छन्


नमोबुद्ध नगरपालिकाको अध्यक्ष टिपी शर्माको प्रमुख आतित्थ्यतामा हुन लागेको यो बृहत सोनाम कार्यक्रममा राष्ट्रियरुपमा चर्चा कमाउन सफल हास्य कलाकारहरु र तामाङ समुदायमा नाम स्थापित कलाकारहरुको बेजोड प्रस्तुती हुने आयोजक सदस्य छेडुप तामाङ दोङले सारा खबरको छोटो संवादको क्रममा जानकारी दिएको हो ।

उहाँ भनेः “हामीले तामाङ समुदायले मनाउँदै आएको ल्होछारलाई गाउँगाउँबाट मात्र नभएर घर घरबाट ल्होछार मनाउँनु पर्छ भन्ने सन्देश दिनका लागि निरन्तर ०७४ साल देखि कान्पुरमा ल्होछार मनाउँदै आईरहेको छ । विगतको दिनबाट केही कुराहरु सिक्दै सकरात्मक कुराहरुलाई आत्मसाथ गरी नकरात्कम कुराहरुलाई सुधारेर हामीले प्रत्यक वर्ष कार्यक्रम गर्न सफल भएको छ । यो ल्होछारमा सबैलाई उपस्थितिका लागि अनुरोध गर्दै भव्यताका साथ सफल बनाउन सहयोगका लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु । ”


विशेष अतिथिमा रोशीगाउँपालिकाको अध्यक्ष डिबी मोक्तान र अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ट उपाध्यक्ष टासी लामा रहेको छ भने कलाकारहरुमा हास्य कलकार राजु पौडेल (राजु मास्टर) मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), तामाङ कलकारहरुमास् गायक निमा दोङ, प्रयास दोङ, प्रतीक मोक्तान, बेनु लामाखोर, हावा लामा, वाई यश के ग्रुप, उत्तर संगुल, गायिका तथा हास्यकलाकार सुनिता लुङ्बा, एलिना राईमाझी, मीन श्रेष्ठ , हरिमाया रायमाझी लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छन् ।

नमोबुद्ध नगारपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिनको सार्वजनिक बिदा दिएको थियो भने यो बृहत ल्होछार कार्यक्रमको लागि नगरको सहयोग रहेको छ ।


यसरी तामाङ समुदायको भाषा, संस्कृति र सम्पदाको उठानमा लागेका यूवाहरुको कार्यलाई हौसला दिनका लागि फागुन ९ गते आइतबार कानपुरमा ल्होछार कार्यक्रममा उपस्थितिका लागि आयोजक टिमले सबैलाई अनुरोध गरेका छन् । सम्पुर्ण तयारी पुरा भएकाे अायाेजक टिमका सदस्य छेडुप तामाङ दाेङले जानकारी दिएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »