सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे खार्पाचोकमा काेराेना विरूद्धकाे अभियानमा हिडेका डा.हरूलाई सम्मान

काभ्रे । खार्पाचोकमा निःशुल्क कोरोना परिक्षण तथा स्वस्थ्य सामाग्री वितरण गरिएको छ । खार्पाचोक इन्द्रोदय विद्यालय र थर्पेलिङ गुम्बा किर्दासमा एन्टीजोन किट प्रविधिबाट कोरोना परिक्षण गरिएको थियो ।

करिब सय जनाको परिक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको छ ।

खार्पाचोक युवा क्लवको आयोजनामा भएको उक्त कार्यक्रममा कोरोना परिक्षणका साथ साथै डाक्टरहरुले तामाङ भाषामा कोरोना सम्बन्धी परामर्श दिइएका थिए ।

आफ्नै भाषामा कोरोना सम्बन्धी चिकित्सक टोलीले नै परामर्श दिँदा गाउँबासी अत्यन्त खुसी भएका थिए । भाषामा समस्या भएका कारण धेरै कुरा थाहा नभएका गाउँलेहरुलाई मातृ भाषामा नै परामर्श दिँदा अत्यन्तै प्रभावकारी भएको खार्पाचोक युवा क्लवका अध्यक्ष लाल बहादुर घिसिङले बताउनुभयो ।

खार्पाचोक युवा क्लवद्वरा चिकित्सक टोली सम्मानित


खार्पाचोक युवा क्लवको आयोजनामा तामाङ चिकित्सक समाजलाई सम्मान गरेको छ । चिकित्सक समाजका विभिन्न चिकित्सकहरुलाई क्लवले मायाको चिनो र सम्मान पत्रद्दारा सम्मान गरेको अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिनुभयो ।
सम्मानित हुने डाक्टरहरु
डा. दिल बहादुर थोकर
डा. निराजन तामाङ्ग
डा. दिपेन लामा
डा. संजित लामा
डा. बिना लामा
डा. मनिता लामा
डा. प्रियंका ढकाल
संजिता राउत

सम्मान कार्यक्रममा प्रमुख अतिथि तामाङ चिकित्सक समाजका अध्यक्ष श्री दिल बहादुर थोकरले कोरोना परिक्षण गर्न आएका डक्टर टोलीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि खार्पाचोक वडाका जनपतिनिधि वडा सदस्य श्री बिजय थोकर, हर्क घिसिङ अतिथिहरुमा क्लबका सल्लाहकार एबम कन्तिपुर न्युरोड शाखाका प्रबन्धक श्री मुक्त लामा, समाजसेवि जित बहादुर तामाङ लगाएत चिकित्सक टोलीको उपस्थिती रहेको थियो ।

खार्पाचोक युवा क्लबको आयोजनामा तामाङ चिकित्सक समाज तथा नेपाल तमाङ्ग घेदुङ्गको विशेष सहयोगमा आयोजित निशुल्क कोभिड १९ परिक्षण एवं स्वस्थ्य सामाग्री वितरण कार्यक्रम समेत गरिएको थियो ।

(काभ्रेकाे खार्पाचाेकबाट लाल बहादुर घिसिङले पठाएकाे सूचनाकाे आधारमा तयार गरिएकाे रिर्पाेट)

भर्खरै

सम्बन्धित खबर

Language »