सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे तेमालमा विन्धवासिनी सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ७ मा वडा अध्यक्ष ज्ञान बाहादुर तामाङकाे प्रमुख आतित्थ्यतामा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमालको चापाखाेरी स्थित भूमेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हाे ।

काभ्रेको बनेपा नगरपालिका खोपासीमा स्थापना भई सहकारीका माध्यमबाट सामाजिक रुपान्तरणका लागि अग्रसर विन्धवासिनी सहकारीले २७ औं स्थापना दिवसको अवसर पारेर संस्थाको भकुण्डे सेवा कार्यालयको ब्यवस्थापनमा भूमेश्वर आधारभूत विद्यालयका ९६ जना विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको मंगलटारबाट प्रेमराज तामाङले सारा खबरलाई जानकारी दिनुभएकाे छ ।

संस्थाको अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममाबिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष वाङगेल लामा, इन्द्रलाल तामाङ, बिद्यालयको प्र अ शर्मिला त्रिपाठी, बिन्धवासिनीका संचालक सदस्य भिम बहादुर के सी, भकुण्डे सेवा कार्यालय ब्यवस्थापन उप समितिका सचिव रामशरण श्रेष्ठ, कोषाध्यक्ष बिदुर प्रसाद बर्तौला, कार्यलय ब्यवस्थापक राजेन्द्र श्रेष्ठ, लेखा प्रसासन सहायक सन्तोष तिमल्सिना आदि अतिथिकारूपमा रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »