सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे तेमाल वडा नं. १ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५६ जना ग्यास्टिककाे राेगी, उच्च रक्तचापकाे राेगी २६ जना,

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ सरस्यूखर्कमा वडाध्यक्ष मान बहादुर श्रेष्टको पहलमा करिब १४७ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीको काभ्रे जिल्ला सदस्य इन्द तामाङको प्रमुख आतित्थ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा वडाको बुद्घिजीवि व्यक्तिहरुको उपस्थिति रहेका थिए ।

डा. सुनिल ढुङ्गेल विशेषज्ञ (मेडिसिन ) भक्तपुर अस्पताल, डा. राम शरण श्रेष्ठ मेडिकल अधिकृत मेथिनकोट अस्पताल काभ्रे, डा. बिनोद बेकोजु, मेडिकल अधिकृत, फ्रेन्सिप कम्युनिटि अस्पताल सुकेधारा, रिना लामा स्टाफ नर्स, सन्जिता राउत, कविता जिरेल लगाएत सरस्युखर्कको स्वास्थ्य चौकीका स्टाफहरुको सम्लग्नतामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न सफल भएको थियो ।

वडाले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको क्रममा यो निशुल्क स्वास्थ्य शिविर प्रभावकारी भएको वडाध्यक्ष मान बहादुर श्रेष्ठले सारा खबरलाई छोटो संवादको क्रममा बताउनु भएको छ । विशेष गरेर प्रेसरको रोगी, सुगरको रोगी, दमको रोगी र अन्य विरामीहरुको स्वास्थ्य जाँच गरेको थियो । करिब १५० जनाको स्वास्थ्य चेकजाँच गरेकोमा १३६ जनालाई करिब एक महिना देखि दुई महिनाको लागि औषधी उपलब्ध गराएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएको छ ।

नेपाल सरकारको स्वास्थ्य शाखाले स्थानीइ तहमा उपलब्ध गरेको औषधीहरु भन्दा अन्य सबै औषधीहरु सबै वडाको खर्चमा खरिद गरेको उहाँले सारा खबरको पत्रकारसँगको कुराकानीको क्रममा जानकारी दिनु भयो ।

स्वास्थ्य चेकजाँचमा वडाको कोहि पनि नछुटोस् भनेर वडाले प्रत्यक टोलबाट स्वस्थ्य चौकीसम्म आउन र जानका लागि गाडीको व्यवस्था पनि गरेको थियो । नागरिकताको आधारमा ७० वर्ष कटेका जेष्ठ नागरिकहरुका लागि यो सेवा सुविधा उपलब्ध गराएको थिए ।


उच्च रक्तचापको बिरामी २६ जना, मधुमेह को र‍ोगी ७ जना, दमको रोगी ३७ जना, छात्तीको संक्रमित ३ जना, रुघाखोकी ९ जना, ग्यास्टिक र‍‍ोगी ५६ जना, हाडजोर्नी रोगी १६ जना, मस्तिष्क पक्षघात ३ जना, मोति बिन्दु ३ जना, शारीरिक कमजोरी १५ अन्य गरी जम्मा १४७ जनाको स्वास्थ्य चेकजाँच गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »