सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे नगरपालिका र स्थानीय तहमा संघ र प्रदेश सांसदहरूकाे चासाे

काभ्रे । संघिय सांसद गंगा बहादुर दाेङ र बागमती प्रदेशका सांसदहरू रत्न ढकाल र चन्द्र लामाले काेराेना भाइरस विरूद्धकाे लडाइँमा स्थानीय सरकारले के कस्ताे कार्यहरू गरिरहेका छन् भनि त्यसबारे चासाे देखाएका छन् ।

शुक्रबार नमाेबुद्ध नगरपालिकामा पुगेर स्थानीय तहले काेराेना भाइरस विरूद्ध चलाएका गतिविधिहरूकाे बारेमा बुझेका थिए ।

संघिय सांसद गंगाबहादुर तामाङ (बमध्वज) र वागमती प्रदेश सांसदद्वय चन्द्र लामा र रत्न ढकालले नगर प्रमुख टि .पि. शर्मासँग गाउँपालिकाले गरेका गतिविधिहरूकाे बारेमा जानकारी लिएकाे थियाे भने नमोबुद्ध नगरपालिका र मेथिनकोट अस्तालले संयुक्त रुपमा निर्माण गरेको क्वारेन्टाइन कक्षको निरीक्षण गरेका थिए ।

शुरुमा आइसोलेसन कक्षको रुपमा निर्माण गरेको उक्त कक्ष मापदण्ड नपुगेको भन्दै क्वारेन्टाइन कक्षमा रुपान्तरण गरेको मेथिनकोट अस्पतालका प्रमुख डा. रामशरण श्रेष्ठले जानकारी दिए । उक्त क्वारेन्टाइन कक्ष १२ शैयाको रहेको छ ।

सांसदहरुको साथमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा, वडा अध्यक्षहरु समेतका सहभागिता रहेका थिए । निरीक्षणमा सांसद बमध्वजले क्वरेन्टाइन कक्ष र अस्पतालको तयारीकोबारेमा चासो व्यक्त गरेका थिए ।

अस्पतालमा अहिलेसम्म कोरोना भाइरससँग लक्षण मिल्ने विरामी नआएको डा श्रेष्ठले सांसदहरुलाई जानकारी दिएका थिए ।

संघिय सांसद दाेङले नगरपालिकाले गर्नु पर्ने काममा केही कमि आउन नदिन पनि आग्रह गर्नुभएकाे छ । यत्ति बेला वडाका प्रत्येक वडा अध्यक्ष र सदस्यहरूले राजनीतिक बैमनस्यता नराखी काम गर्न पनि उहाँले आग्रह गर्नु भयाे ।

बागमती प्रदेश सभाका सांसद चन्द्र लामा र रत्न ढकालले स्थानीय तह र नगरपालिकालाइ प्रदेश सरकारले आवश्यकता अनुसार थप सहयाेग मिल्ने र काेराेना विरूद्धकाे लडाइँमा कुनै कसर बाँकी नराखी काम गर्न सांसद द्वयले आग्रह गर्नु भएकाे छ ।

For Video

काभ्रेमा काेराेना भाइरस विरूद्धका लागि तयारी बुझ्दै संघिय सांसद गंगा बहादुर दाेङ, बागमती प्रदेशसभाका सांसदहरू

भर्खरै

सम्बन्धित खबर

Language »