सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे नमाेबुद्धमा पनि सलह किरा

काठमाडाैँ । शनिबार नेपाल भारत सिमा हुँदै नेपाल प्रवेश गरेको सलह किरा काभ्रेको नमोबुद्ध नगरपालिकामा पनि देखा परेको छ । आज करीब साँझ ५ बजे देखि आकाशमा सलहको बथान देखा परेको वडा नम्बर ७ का अध्यक्ष धर्म सिं लामाले सारा खबरलाइ जानकारी दिनु भएकाे हाे ।

उनका अनुसार विभिन्न स्थानमा देखा परेका सलह किरा रोशी हुँदै वडा नं ८ पिपलटार, वडा नं ६ खाक्सी हुँदै चुवाने, वडा नम्बर ७ को काँक्रेमा प्रवेश गरेको थियाे । सलह आएको भन्ने जानकारी पाउना साथ अहिले किसानहरुलाई बारीमा आगो बालेर धुवा निकाल्न र टिनहरु बजाउन उर्दी जारी गरेको वडा अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार अहिले किराहरुले क्षती नगरेको र जमिनमा नबसी ५० मिटरको उचाईमा उडिरहेको बताए । रातको समय भएकोले ति किराहरुलाई बास बस्न नदिनका लागि बारीमा धुवा निकाल्न र टिन बजाउन लगाईएको लामाले बताए ।

वडा अध्यक्ष लामाले यो विपदको समयमा त्रसीत नभई संयम भएर एकजुट भई सलह रोकथाममा लाग्न सबै किसानहरुलाई आग्रह गरे । यस अघि आईतबार खानीखोला र बेथानचोकमा पनि सलह किरा देखा परेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »