सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे नमाेबुद्ध नगरपालिकामा भेटिएकाे ”नमुना घर ”

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका भ्रमण गर्नु भएको छ भने मनै लोभ्याउने केही थोरै नमुना विद्यालय र नमुना घरहरु देख्न सकिनेछन् । दाप्चा कृष्णा उच्च माविको भवन, जनक माविको भवन, मथुरापाटी विद्यालयको भवन एक उदाहरण हो । प्राचिन कलात्मक शैलीमा निर्माण गरिएका ती विद्यालयका भवनहरुले आधुनिक शैलीमा निर्माण गरिएका भवनहरुलाई गिज्याई रहेका छन् ।

२०७२ सालको महा भुकम्प पछि नेपालमा साँच्चिकैरुपमा परम्परागत घर देख्न मुस्किल भएको छ । अहिले गाउँगाउँमा छाना रहित घर निर्माणमा होट बाजी नै चलेका छन् तर काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा बिनोद सत्यालले परम्परा शैलीमा निर्माण गरेको घर नमुना घरको रुपमा चिनाउँदा केही फरक पर्दैन ।

कलाकार रविन्द्र पुरीको प्रभावमा परेर कलात्मक शैलीमा घर निर्माण गरेको बिनोद सत्यालले सारा खबरसँगको छोटो संवादमा जानकारी दिनुभएको छ ।

यस्तो छ नमुना घरको विशेषता

नमुना घरको आयु कम्तीमा ३०० वर्षको हुनेछ।

वास्तुकलाअनुसार यो जम्मा चार तलाको मात्र हुन्छ।

जसको भूइँ तलालाई छिँडी (पूरा घर बस्ने तला) पहिलोे तलालाई मटान (आवश्यकीय तला), दोस्रा चोटा (बैठक तला) र तेस्रोलाई वइगलसपवित्र ठाउँ जहाँ भान्छा र पूजा कोठा भनिन्छ ।

आजसम्म रविन्द्र र उनको टिमले बनाएका हजारौँ नमुना घरहरूको संरचना पनि यही हो। ढुंगा, माटो, काठ, इँटा, पित्तल, तामा, ढलौट, फलाम मात्र प्रयोग हुन्छन् यी घरहरूमा। “यी घरहरूमा न जाडो न गर्मी, मौसम सधै मध्यम नै हुन्छ”, पुरी दाबी गर्छन्।

किन चाहिन्छ मौलिकता झल्कने घर ?

सिमेन्टले बनेको घरको तुलनामा नेपाली मौलिक घरको खर्च निकै कम हुन्छ।

बन्न पनि समय लाग्दैन। गाउँघरमा जे छ त्यसैले बनाउन सकिन्छ। बस् कला मात्र चाहियो।

पुरानो भत्केको घरको ढुंगा, माटो र काठबाटै ५० प्रतिशत घर परिपक्व बन्न सक्छ। यो त झन् गरिब नेपाली जनतालाई राहत हुने पूरी बताउँछन्।

यसरी उनको टिमले बनाएका घर भूकम्प प्रतिरोधात्मक र स्वास्थ्यवद्र्धक छन्।

सबै आममानिसले सिमेन्ट, डन्डी प्रयोग गरेर घर बनाउन सक्दैनन जुन हाम्रो परम्परा विपरीत पनि छ। र, यस्ता ५० वटा मात्र नमुना घर बन्ने भए त्यो गाउँ नै पर्यटकको गन्तव्य बन्ने पुरीको दाबी छ।

भन्छन्, “आज घले गाउँमा पर्यटकको लाइन लाग्नुको कारण नै यही मौलिकता हो।”

बिनोद सत्यालसँग गरिएको छोटो संवाद

भर्खरै

सम्बन्धित खबर

Language »