सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे राेशी वडा नं. ८ खार्पाचाेकमा साेनाम ल्हाेछार मनाउने तयारी

काभ्रे । प्रतिनिधिसभा सदस्य माननीय बहादुर सिंह तामाङको प्रमुख अतिथ्यतामा काभ्रेको रोशी गाउँपालिका वडा नं ८ स्थित खार्पाचोकमा २८५६ औं (जिवा ल्हो) सोनाम ल्होछारको अवसरमा साता व्यापी बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रम हुने भएको छ ।

खार्पाचोक युवा क्लवको आयोजनामा माघ ११ गते बेलुका लामा गुरुहरुद्धारा ल्हो फाल्ने बिधिबाट सुरु हुने कार्यक्रम माघ १३ सरसफाई मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने र अन्तिम दिन माघ १५ गते बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रम सम्पन्न हुने गरी बृहत ५ दिने ल्होछार कार्यक्रम हुन लागेको क्लबका अध्यक्ष लालवहादुर घिसिङले जानकारी दिनु भयाे ।

“हाम्रो संस्कृति हाम्रो शान, पर्यटन प्रर्वद्धनका लागी ल्होछार अभियान” भन्ने मुल नाराका साथ सप्ताहाव्यापी रुपमा मनाउन लागेकाे क्लवका अध्यक्ष घिसिङले सारा खबरलाइ जानकारी दिएकाे हाे ।

हरेक वर्ष ल्होछारको अवसरमा क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस वर्ष फरक तरिकाले कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

कार्यक्रममकाे अन्तिम दिन बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रमका साथै नेपाली ख्यातीप्राप्त कलाकारहरू बसन्त सापकोटा, उदय सोतङ, तुलसी पराजुली, बसन्त बित्यासी थापा, मनिला सोतङ, लक्ष्मन शेस, चेतन सापकोटा, अस्टा लामा, छेवाङ तेन्जीङ लामा, जेबि सम्योगी, हास्यकलाकार हर्के हवल्दार, नमस्ते कृष्णे लगायत चर्चित तामाङ कलाकारहरु विशाल काल्तान, कोसिस थोकर, सुष्मा मोक्तान, जितु लोप्चन, सुरेश लामा, प्रयास दोङ्ग, विजय थोकर साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको आयोजकले जानकारी प्राप्त भएकाे छ।

साेनाम ल्हाेछार कै अवसरमा राेशी गाउँपालिकाले ३ दिनकाे बिदा दिने निर्णय गरेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »