सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे १३ वटा स्थानीय तहहरुको बेरुजु रकम पौने ६८ करोड, बेरूजुकाे चाङ बार्षिक किन बढ्छ ?

काठमाडाैँ । काभ्रे जिल्लाका १३ वटा स्थानीय तहहरुको बेरुजु रकम पौने ६८ करोड देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ५७ औँ वार्षिक प्रतिवेदनमा उक्त बेरुजु देखाएको हो ।

प्रतिवेदनअनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष ०७५।७६ को बेरुजु ६७ करोड ७५ लाख ६७ हजार रहेको छ ।


प्रतिवेदनअनुसार १३ स्थानीय तहमध्ये प्रतिशतको आधारमा पनौती नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । पनौती नगरपालिकाको ९ दशमलव ४४ प्रतिशत बेरुजु देखिएको छ ।

पनौती नगरपालिकाको एक अर्ब ७५ करोड ६७ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा १६ करोड ५७ लाख ५६ हजार बेरुजु भएको छ ।


त्यसैगरी, दोस्रो नम्बरमा खानीखोला गाउँपालिका परेको उक्त प्रतिवेदनमा देखिन्छ । खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको परीक्षण गरेकोमा तीन करोड ७६ लाख ३१ हजारको बेरुजु प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजु रकम ७ दशमलव ०१ प्रतिशत रहेको देखिन्छ ।

काभ्रे जिल्लाको स्थानीय तहमध्ये धुलिखेल नगरपालिका सबैभन्दा कम बेरुजु भएको स्थानीय तहको रूपमा प्रतिवेदनमा उल्लेख छ । जहाँ एक दशमलव ४१ प्रतिशत मात्र बेरुजु देखिन्छ । धुलिखेल नगरपालिकाको एक अर्ब २२ करोड ४१ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ७२ लाख ३७ हजार मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


तेमाल गाउँपालिकाको पाँच करोड ५ लाख २३ हजार बेरुजु अर्थात् ६ दशमलव ९२ प्रतिशत बेरुजु प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै भुम्लु गाउँपालिकाको ८३ करोड ५८ लाख २७ हजारको लेखापरीक्षण गरिएकोमा पाँच करोड २७ लाख २५ हजार अर्थात ६ दशमलव ३१ प्रतिशत रहेको छ ।


बेथानचोक गाउँपालिकाको ७३ करोड ७३ लाख ९३ हजारको लेखापरीक्षण गरेकोमा चार करोड ६५ लाख ६६ हजार अर्थात् ६ दशमलव ३१ प्रतिशत रहेको छ ।


नमोबुद्ध नगरपालिकाको एक अर्ब नौ करोड ३७ लाख ९६ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड ६१ लाख ८२ हजार अर्थात ६ दशमलव ०५ प्रतिशत बेरुजु छ ।


त्यस्तै रोसी गाउँपालिकाको एक अर्ब १५ करोड १६ लाख १७ हजारको लेखापरीक्षण गरेकोमा ६ करोड ६३ लाख ५२ हजार अर्थात ५ दशमलव ७६ प्रतिशत छ ।


बनेपा नगरपालिकाको एक अर्ब ५१ करोड ४१ लाख ९१ हजारको लेखापरीक्षण गरेकोमा सात करोड ४३ लाख ७० हजार अर्थात ४ दशमलव ९१ प्रतिशत रहेको छ ।
महाभारत गाउँपालिकाको ६३ करोड १४ लाख ६ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ९२ लाख ६० हजार अर्थात् ३ दशमलव ०५ प्रतिशत छ ।

चौरीदेउराली गाउँपालिकाको ८६ करोड तीन लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड ४४ लाख १८ हजार अर्थात् २ दशमलव ८७ प्रतिशत, पाँचखाल नगरपालिकाको एक अर्ब २६ करोड ३० लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ५१ लाख २३ हजार अर्थात् २ दशमलव ७८ प्रतिशत र मण्डनदेउपुर नगरपालिकाको एक अर्ब २० करोड ३१ लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड १४ लाख २४ हजार अर्थात् एक दशमलव ७८ प्रतिशत बेरुजु रहेको उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »