सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे १३ स्थानीय तहकाे बजेट कति ?

काठमाडाैँ । आर्थिक वर्ष २०७७/२०७८ का लागि स्थानीय सरकारले प्रस्तुत गरेको बजेट कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनसँगै स्थानीय आवश्यकता अनुसारको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन् । १३ वटा स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्

तेमाल गाउँपालिकाकाे “रोकौ महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार” भन्ने मुल नारा

“रोकौ महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार” भन्ने मुल नाराका साथ ४९ करोड ५६ लाख ६६ हजार ७ सय ७२ अार्थिक वर्ष २०७७ ७८काे बजेट काभ्रेको तेमाल गाउँपालिकाले सार्वजनिक गरेको छ। तेमालको समग्र संस्कृति, सम्पदा र बैदिक परम्पराका गहन कलाको जगेर्ना गरी शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकास मार्फत आन्तरिक र बाहय पर्यटकिय अाकर्षण गराउनका लागि याे वर्षकाे बजेटले ठुलै भूमिका खेल्ने अध्यक्ष सलाम सिं तामाङकाे दाबी रहेकाे छ। तामाङ समुदायले महत्व र शक्तिकाे रूपमा पुजा गर्ने दाेर्जे निर्माण गर्ने भएकाे छ । १५ फिट अग्लाे र ११ फिटकाे लामाे दाेर्जे यही वर्षमा निर्माण गर्ने अध्यक्ष तामाङले उदघाेष गरेकाे छ ।

उपप्रमुख दुर्गामाया तामाङले बजेट प्रतुत गर्ने क्रममा सथनीयवासीको इच्छा, आकांक्षा र आवश्यकतालाई संवोधन गर्दै “रोकौ महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार” भन्ने तेमाल गाउँपालिकाको मूल नारालाई मूर्त रुप दिदैं स्थानीय सरकारको आभाष तेमालवासीमा गराउनको लागि सामाजिक आर्थिक विकासको ढाँचामा तेमाल सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।

राेशी गाउँपालिकाकाे रोशीको दृष्टी, पर्यटन र कृषी भन्ने मूल नारा
रोशी गाउँपालिकाको सात औँ गाउँसभा सम्पन्न भएको छ । रोशीको दृष्टी, पर्यटन र कृषी भन्ने मूल नाराका साथ हिजो (बुधबार) सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष डिबि लामाको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक बर्ष २०७७÷०७८ का लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०७७।०७८ नीति तथा कार्यक्रम अध्यक्ष लामाले प्रस्तुत गदैं आर्थिक बर्ष २०७७।०७८ का लागि पर्यटन र कृषीमा जोड दिने बताउनु भएकाे छ । रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पुर्याउने, आधुनिक र व्यवसायिक कृषि प्रणाली तथा उद्योग, पर्यटन मार्फत उद्यमशिलता र रोजगारीको अवसर सृजना गरी जनताको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिएको सारा खबरसँगकाे संवादकाे कममा अध्यक्ष लामाले बताउनु भएकाे थियाे।

त्यस्तै संक्रमण लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षीत बनाउने, शिक्षामा सबै बालबालिकाको सम्मान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता गराउने, रोशी गाउँपालिकामा जोखिममा रहेका वर्ग र सामाजिक विभेद र उत्पीडन परेका नागरिकहरुको दूव्र्यवहार, भेदभाव र हिँसाको अन्त्य सँगै समतामुलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहुँच पुर्याउने उल्लेख छ ।

वन तथा भूसंरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप न्युनिकरण तथा विपद् व्यस्थापनमा उत्थानशील र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने रोशीले लक्ष्य लिएको छ । गाउँपालिकाद्वारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता, जवाफदेहिता र नागरिकमा सन्तुष्टी कायम गर्ने, स्थानिय श्रोत साधनहरुको परिचालन गरी स्थानिय स्तरमा रोजगारी सृजना गर्ने गाउँपालिका लामाले बताउनु भयाे ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्ततु गरेकी थिइन । उनले आर्थिक बर्ष २०७७।०७८ मा केन्द्र तथा प्रदेश सरकार एवं गाउँपालिकाको कुल बजेट ५८ करोड ९९ लाख ५६ हजार आय र सोहि अनुसारको व्यय हुने अनुमान गरेको जनाएकी थिइन ।

पनौती नगरपालिकाकाे कृषि र स्वास्थ्य मुख बजेट
पनौती नगरपालिकाले बुधबार नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ का लागि नगरले एक अर्ब ३२ करोड २८ लाख ७७ हजार आय हुने प्रक्षेपण गरेको छ । उपप्रमुख गीता बन्जाराले आन्तरिक आयबाट ३० करोड ७५ लाख ७७ हजार, राजश्व बाँडफाँडबाट १७ करोड ३१ लाख ८५ हजार उठने अपेक्षा गरेको बताउनुभयो ।

त्यस्तै नेपाल सरकारको वित्तीय समानिकरण अनुदान १४ करोड २२ लाख, सर्शत अनुदान २८ करोड ३० लाख, समपुरक अनुदान दुई करोडको अपेक्षा गरेको जानकारी दिनुभयो । त्यस्तै बागमती प्रदेशको वित्तीय समानिकरण अनुदान एक करोड पाँच लाख ३७ हजार, सर्शत अनुदान एक करोड ८७ लाख ६६ हजार, समपुरक अनुदान तीन करोड, नगद सहभागिता एक करोड ६७ लाख २७ हजार र मौज्दात बाँकी ३२ करोड आठ लाख ८८ हजार रहेको छ ।

अघिल्ला वर्षहरुमा पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको पनौती नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि कृषि र पशुपालनाका योजनालाई निकै प्राथमिकतामा राखेको छ । नगरसभामा प्रमुख भिम न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन क्षेत्रमा लाग्ने युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

नगरप्रमुख न्यौपानेले भैसी सुत्केरी भत्तालाई कार्यक्रममा निरन्तरता दिएका छन् । नगरपालिकाले पहिलो बेत ब्याएकोलाई ५ हजार र अन्य बेतकालाई २ हजारका दरले भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले कृषि र पशु विकास कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई नमूना स्वरुप दुई लाख रुपैयाँ सम्मको अनुदान दिइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाले भैसीको स्रोत केन्द्र स्थापना गर्ने गरी आगामी आर्थिक वर्ष ४ सय वटा भैसीको पाडी वितरण गर्ने भएको छ । नगरप्रमुख न्यौपानेले आफ्नो नीति तथा कार्यक्रममा पुशपन्छी तथा बाली बिमा गर्ने किसानलाई प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने उल्लेख गरेका छन् । सामुदायिक पशु बिमा कार्यक्रमलाई सुदृढिकरण गर्दै विमित पशु संख्याको समेत मुल्याङ्कन गरी न्यूनतम २ लाख देखि १० लाख रुपैयाँसम्मको अनुदान दिने कार्यक्रममा समेटिएको छ ।

अलैची खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदानको ब्यवस्था गरिएको छ । त्यस्तै कृषि र पशुपन्छी विकासका लागि प्रयोग हुने यन्त्र उपकरण खरिदमा नगरपालिकाले ६० प्रतिशत अनुदान दिने भएको छ । पशु प्राविधिकलाई खोप लगाउँदा दिदैँ आएको प्रति पशु १० रुपैयाँलाई सतप्रतिशत बढाएर नगरप्रमुख न्यौपानेले २० रुपैयाँ पुर्याएका छन् । त्यस्तै पशुसेवा प्राविधिकहरुको जीवन बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगरप्रमुख न्यौपाने भकारो सुधार अनुदान तर्फ १० लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यसका लागि २ वटा माउ गाई भैसी र १० वटा बाख्राको माउ हुनुपर्नेछ । नगरपालिकाले आगामी आर्थिक वर्ष फलफूल बगैचा स्थापनाका लागि कम्तीमा ६० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउने भएको छ । अनुदानमा उपलब्ध गराइने विरुवा कम्तीमा १ रोपनी क्षेत्रफल जमिनमा लगाउनुपर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थालाई सुदृढ बनाउन नमोबुद्धको जोड

नमोबुद्ध नगरपालिकाले बुधबार सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷७८ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि नगर सभामा मेयर टि.पी. शर्मा तिमल्सिनाले ६३ करोड ८९लाख ३४ हजार ५ सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।

सातौं नगरसभामा नगरपालिकाले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विषेश प्राथमिकता दिदैं नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो ।

रोजगारीका अवसर सिर्जना गर्न’, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउन’, कृषि उत्पादनमा आत्मनिर्भर बन्न’ अहिलेको अपरिहार्य आवश्यकतालाई नमोबुद्धको बजेट तथा नीति कार्यक्रमले समेटेको मेयर तिमल्सिनाले जानकारी दिनुभयो ।

मण्डनदेउपुरको बजेटमा शिक्षा र स्वास्थ्यलाइ जोड

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षा तथा स्वास्थ्यमा जोड दिएर बजेट सार्वजनिक गरेको छ । मण्डनदेउपुर नपाका मेयर टोकबहादुर वाइवाले ९९ करोडको बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेटमा शिक्षा तथा स्वास्थ्यमै जोड दिएको छ । काभ्रे जिल्लाको कान्छो नगरपालिका मण्डनदेउपुरले शिक्षा क्षेत्रमा आगामी बर्ष पनि लोभलाग्दो कार्यक्रम समावेश गरेको छ । नगरपालिकाको प्रमुखमा निर्वाचित भएको वर्षदेखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका नगरप्रमुख टोक बहादुर वाइबाले आगामी आर्थिक वर्षमा थप नयाँ शैक्षिक कार्यक्रम समावेश गरेका छन् ।

सातौँ नगरसभामा प्रस्तुत कार्यक्रम मध्ये सबैभन्दा धेरै र नौला कार्यक्रम पनि शिक्षामा क्षेत्रमै छन् । नगरपालिकाले वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यामिक विदालयमा कृषि तथा प्राविधिक शिक्षालय स्थापना गरी पठन पाठन शुरु गर्ने भएको छ । ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ कार्यक्रमलाई प्रमुख वाइबाले निरन्तरता दिएका छन् । नगरभित्र उच्च शिक्षा अध्ययन गर्न चाहाने महिलाहरुका लागि ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम मार्फत छात्रबृत्ति प्रदान गर्ने नयाँ कार्यक्रम थपिएको छ ।

त्यस्तै नगरपालिकाले सबै सामुदायिक विद्यालयका बालबालिकालाई संगीत तथा कला र कम्प्युटर सिकाउने उद्देश्यले प्रशिक्षक नियुक्ति गर्ने भएको छ । आगामी आर्थिक वर्ष देखि सबै सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्ति गरिने भएको छ । प्रत्येक शिक्षकको हातमा शिक्षक डायरी र विद्यार्थीको हातमा गृहकार्य डायरी ब्यवस्था गरिने नगरप्रमुख वाइबाले बताए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने उत्कृष्ठ विद्यार्थी छनौट गरी नगरस्तरीय छात्रबृत्ति दिने नगरपालिकाको नीति तथा कार्यक्रम समावेश छ ।

अनलाइन पठनपाठनका लागि सबै सामुदायिक विद्यालयमा इन्टरनेटको ब्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षदेखि आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागुू गरी मातृ माषको माध्यमबाट पठनपाठन गरिने नगरप्रमुख वाइबाले बताए । ५० वर्ष ननाघेका र अवकाश हुन १ वर्ष बाँकी रहेका शिक्षकले अवकाश लिन चाहेमा शिक्षकलाई १ लाख नगद सहित समन गर्ने नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

धुलिखेलको बजेट एक अर्ब ११ करोड

धुलिखेल नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ११ करोड ११ लाख ११ हजारको बजेट अनुमान गरेको छ । बुधबार नगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ उक्त बजेट प्रस्ततु गर्नुभएको थियो । नगरले नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ११ करोड ९६ लाख, सर्शत अनुदान २७ करोड ३७ लाख र समपुरक अनुदान एक करोड १२ लाख अनुमान गरेको छ । त्यस्तै बागमती प्रदेशबाट वित्तीय समानिकरण अनुदान एक करोड एक लाख ५९ हजार, सर्शत एक करोड ७४ लाख ३७ हजार समपुरक अनुदान दुई करोड ९२ लाख ३५ हजार र बिशेष अनुदान ५० लाख रहेको छ ।

त्यस्तै राजश्व बाँडफाँड तर्फबाट सात करोड सात लाख ८० हजार १३० रुपियाँ, घरजग्गा रजिष्टेशन शुल्क पाँच करोड, सवारी साधन कर दुई करोड, ५३ लाख ७४ हजार, आन्तरिक आम्दानी तर्फ मौज्दात २२ करोड एक लाख १६ हजार, सामाजिक सुरक्षा भत्ता ११ करोड लगायत रहेको छ ।

धुलिखेलले पत्रकारिता क्षेत्रको, प्रर्वद्धन एवम् विकासका लागि पत्रकार महासंघ लगायत संचार क्षेत्र सम्बद्ध निकायहरुसँग समन्वय गरी सञ्चारमैत्री कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । नगरले एकै स्थानबाट सूचना तथा सञ्चारको ब्यवस्थानका लागि मिडिया सेन्टरको स्थापना गरिने जनाइएको छ ।

बनेपाको १ अर्ब १५ करोडको बजेट

त्यस्तै बनेपा नगरपालिकाको छैठौ नगर सभाबाट १ अर्ब १५ करोड ६३ लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख रेखा सापकोटा दाहालले आर्थिक वर्ष २०७७र२०७८ को बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक प्रस्तुत गर्नु भएको थियो ।

नगर प्रमुख लक्ष्मी नरसिं बादेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख रेखा सापकोटा दाहालले प्रस्तुत गर्नु भएको विधेयक तथा बजेट सर्वसम्वतीले पास गरेको छ । नगरपालिकाले आगामी वर्ष कोभिड १९ को महामारी नियन्त्रण गर्न नगरको सम्पूर्ण ध्यान केन्द्रित गर्दै आवश्यक बजेट विनियोजन गरेको छ ।

सबै वडाका मुल सडक स्तरोन्ती र कालोपत्रे, बसपार्कमा बहुदेश्यिय आगामी वर्षका योजनाहरुलाई अझै प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेका उपप्रमुख सापकोटा दाहालले बताउनु भयो ।

पाँचखालको बजेटमा कृषि तथा स्वास्थ्यमा जोड
काभ्रेको पाँचखाल नगरपालिकाले आफ्नो नीती कार्यक्रममा कृषि तथा स्वास्थ्यमा जोड दिएको छ । नगर प्रमुख महेश खरेलले कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजनाको लागि छलफल भैरहेको छ ।

पाँचखाललाई खेतीयोग्य जमिनकै रुपमा राखिरहन, कृषकहरुलाई कृषि यन्त्रमा सहयोग गर्ने खालका कार्यक्रमहरु समावेश हुने गरि दफावार छलफल भैरहेको छ । काभ्रेको पाँचखाल नगरपालिकाले खानेपानी र सिंचाइको गौरवा आयोजनाहरु समयमै सम्पन्न गर्ने गरेर काम गरिरहेको छ ।

वागमती प्रदेशकै कृषि उत्पादनका हिसाबले उर्वर भुमि काभ्रेको पाँचखाल नगरपालिकाले विषादी नूनिकरण नीति नै बनाउने भएको छ । पाँचखालमा उत्पादन हुने तरकारीमा विषादीका मात्रा प्रयोग भइरहेको तीब्र गुनासोका माझ नगरप्रमुख महेश खरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषादी न्यूनिकरण नीति बनाउने उल्लेख गरेका हुन् ।

पाँचखालको तरकारीलाई सेमि अर्गानिक हुदैँ अर्गानिक बनाउँदैँ लैजाने नगरप्रमुख खरेलले बताए । एक वडा, एक कृषि प्राविधिकको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै कृषकसँग प्रत्यक्ष जोडिएको समस्या पहिचान गरी समाधानका लागि आगामी आर्थिक वर्षदेखि ‘कृषकसँग मेयर’ कार्यक्रम सञ्चालन हुनेछ ।

नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कृषि भूमिलाई अन्य कामका लागि प्रयोग गर्न नदिने बताइएको छ । त्यसै कृषि उत्पादन बढाउन ग्रामिण विद्यूतीकरणमा बढावा दिने मेयर खरेलले बताए । कृषि उत्पादत्वक बढाउन संघ, प्रदेश र अन्य स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी ८ वटा ठूलो परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पाँचखाल नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि उत्पादकत्व बृद्धि गर्न किसानलाई सशर्त अनुदान समेत दिने बताएको छ । पाँच रोपनी भन्दा कम जमिन हुने कम स्रोत साधन भएका कृषकहरुको पहिचान र वर्गीकरण गरी सुविधा उपलब्ध गराउने नीति नगरपालिका लिएको छ । अतिवृष्टि, अनावृष्टि, रोग, किरा र दैवी प्रकोपको आँकलन र कृषि राहत परिचालनका लागि सर्वे सर्भिलेन्स प्रणाली स्थापित गरी क्रियाशील गरिने नगरप्रमुख खरेलले बताए ।
0 भुम्लु गाउँपालिकाको जनमुखी नीति तथा कार्यक्रम
भुम्लु गाउँ पालिकाले आ व २०७७र७८को गाऊँपालिकाको नीति तथा कार्यक्रममा उत्कृष्ट वज्ट पेश गरेको छ । भुम्लु गाउँ पालिकाले वुधवार सातौ गाऊँसभा को कार्यक्रम सो वजेट पेश गरेको हो ।

भुम्लु गाउँ पालिकालेकृषि तथा पशुपालन क्षेत्रमा विशेष जोड दिएको छ ।काभ्रेको कोशीपारी रहेको भुम्लु गाउँ पालिकाले सुशासन ,पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहमा विशेष जोड दिएको छ ।

गाउँ पालिका अध्यक्ष गुमानध्वज कुवरले गाउ सभामा ४५ करोड ७५ लाख ८ हजार को वजेट पेश गर्नु कार्यक्रममा गाउँ सभाका प्रतिनिधि हरुले वुधवारवाटै दफा वार छलफल गरिरहनु भएको छ । भुम्लु गाउँ पालिका काभ्रे मा आफ्नै दरो आम्दानी गर्ने गाउँ पालिका भित्र पर्दछ । असार ३० गते सम्म वजेट पास हुने छ ।

चौरीदेउराली गाउँपालिकाको किसानसँग गाउँपालिका कार्यक्रम
चौरी देउराली गाउँ पालिकाले आ व २०७७÷७८ को गाऊँपालिकाको नीति तथा कार्यक्रममा किसानसग गाउँ कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । चौरी देउराली गाउँ पालिकाले वुधवार छैटौ गाऊँसभामा उक्त कार्यक्रम लाई प्राथमिकतामा राखेको हो ।

चौरी देउराली गाउँ पालिकाले“किसानसंग गाऊँपालिका कार्यक्रम” मार्फÞत कृषि तथा पशुपालन क्षेत्रमा विशेष जोड दिएको छ । काभ्रेको कोशीपारी रहेको चौरी देउराली गाउँ पालिकामा रक्सी तथा मादक पदार्थको कारण दिन प्रतिदिन जनधन को क्षतीलाई मध्यनजर गर्दै सम्पूर्ण गाऊँपालिका क्षेत्र भरी रक्सि तथा मादक पदार्थको व्यवसायिक उत्पादन,ओसारपसार ,बिक्रीवितरण र किनबेचलाई पूर्ण निषेध गरेको छ ।यसै गरी सुशासन ,पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहमा विशेष जोड गाउँ पलिकाले दिएको छ ।

गाउँपालिका अध्यक्ष दिन नाथ गौतमले गाउ सभाको उद्घाटन गर्दै ४७ करोड को वजेट पेश गर्नु भएको हो । गाउँ पालिका उपाध्यक्ष तारा कुमारी गौतम चौलागाईले स्वागत गर्नु भएको वजेट निति तथा कार्यक्रममा गाउँ सभाका प्रतिनिधिहरुले वुधवारवाटै दफा वार छलफल गरिरहनु भएको छ ।

कोभिड केन्द्रित बजेटमा महाभारत गाउँपालिका
काभ्रेको विकट मानिएको महाभारत गाउँपालिकाले कोभिड केन्द्रीत बजेटमा ध्यान केन्द्रीत गरेको छ । स्वास्थ्य पूर्वाधारको विकासमा गाउँपालिकाले विशेष बजेट सार्वजनिक गरेको हो ।

कोभिडको समयमा घरघरमै शिक्षा कार्यक्रम संचालन गर्ने, गाउँपालिकामा एम्बुलेन्स खदिर गर्ने,गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माणमा विशेष बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले बताउनुभयो ।

यो समयमा सात सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्नको लागि विशेष बजेट विनियोजन गरिएको अध्यक्ष जिम्बाले भन्नुभयो । उहाँले स्वास्थ्यको विशेष ख्याल गरेर बजेट विनियोजन गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा ४७ करोड ४७ लाखको बजेट विनियोजन भएको हो ।

बेथानचोकको निती तथा कार्यक्रम

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले कोरोना रोगथाम, रोजगारी, शिक्षा, कृषि लगायत क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उपाध्यक्ष सरिता लामिछानेले बजेट प्रस्तुत गर्दै नागरिकहरुका समस्यामा स्थानीय सरकारले ध्यान दिने बताउनु भयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले ५० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको सापकोटाले बताउनुभयो ।

खानीखोलाको बजेटमा कोभिडमा जोड
काभ्रेको खानीखोला गाउँपालिकाले कोभिड तथा पुर्वाधारमा जोड दिदै ४२ कराेड ९५ लाख ३६ हजार १७० रूपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले यो बर्षको बजेट सार्वजनिक गरेको हो ।

खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालले कोरोना रोकथाम, सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर बजेट निर्माण भइरहेको जानकारी दिनुभयो । उपाध्यक्ष रुकमणी गुरुङ्गले विकटतालाई सुगमतासँग जोड्न संघिय सरकार, प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढेको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »