सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेका रन्जिता तामाङकाे मृत्युमा शंङ्का, हत्या या आत्महत्या ?

काभ्रे । लामो समय देखि लिभिङ्ग टुगेदरमा रहेकी युवतीले आत्महत्या गरेको भन्दै उपचारका लागि अस्पताल लैजानु आफैमा शंकास्पद रहेको छ ।

आत्महत्या गरेको भन्दै उनीसँगै बस्दै आएका युवक रोशी गाउँपालिका वडा नम्वर ५ घर भएका २२ बर्षिय तिर्थमान लामा र उनका दिदी भिनाजुले अस्ताल लैजानु नै शंकाको घेरामा रहेको आफन्तले जनाएका छन् ।

बुबा नभएकी तथा आमा विदेशमा रहेकी उनी तिर्थमानसँग नै रहँदै आए पनि तिर्थमानले भने उनीलाई पटक पटक कुट पिट गर्दै आएको खुल्न आएको छ ।

रोशी गाउँपालिका वडा नम्वर ८ मंगलटार घर भई बनेपा ११ सिनागालमा डेरा भाडामा बस्दै आएकी १९ बर्षिया युवती रञ्जिता तामाङले आफ्नै डेराको झ्यालमा आफैले लगाउने सुईटर घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि अस्पताल लगिएको भनेर उनका भिनाजु दिदीले भने पनि कोठाको अवस्था हेर्दा कुनै पनि हालतमा आत्महत्या गर्ने अवस्था नभएको आफन्तले जनाएका छन् ।

आत्महत्या गर्न झुण्डीन पुग्ने स्थानै छैन मृतक रञ्जीताका ठुलाबुबा भन्नुहुन्छ ”उसले आफू बाहिर गएको र ढोका भित्रबाट बन्द गरेर आत्महत्या गरिछ हामीले ढोका फोरेर भित्र पस्दा उनी मरेकी रहिछन् । हामीले पासो खोलेर अस्पताल लग्यौं भनेका छन् तर कोठाको प्रकृति हेर्दा र ढोका हेर्दा ढोका फोरिएको छैन । पल्लो कोठामा बस्नेले समेत आवाज सुनेको छैन घरबेटीलाई केहि थाहा छैन । माथिल्लो कोठामा बसेका भाई बहिनीलाई पत्तै छैन , हाम्रो छोरीलाई उनीहरु तीन जना मिलेर मारेकै हो । हामी दावा गर्न सक्छौं । उनले पटक पटक रञ्जीता सहित उनका भाई बहिनिलाई पनि कुट पिट गर्दै आएको रहेछ । घटना लुकाउन उनीहरुले आत्महत्याको बहाना बनाएका छन् ।”

साना छोरा छोरीलाई पनि पटक दिदी आफै मरेको हो भन्नु भनी उनीहरुले सिकाएका रहेछन् नत्र जे पनि गर्न गर्न सक्ने भनी डर त्रास देखाएका रहेछन् यसले पनि छोरीको हत्या भएको प्रमाणित हुने ठुला बुबा साहिला लामा भन्नुहुन्छ ।

बनेपामा डेरामा बसी थान्का लेख्दै आएकी युवती रञ्जिताका भाई र बहिनी त्यहि घरको माख्लो तल्लामा डेरामा बस्थे । तिर्थमान र रञ्जिता एउटै डेरामा बसे पनि खाना भाई र बहिनीसँगै खाने गरेका थिए । तीर्थमान मजदुरी गर्दै आएका थिए ।

बैदेशिक रोजगारमा रहेकी आमाले रञ्जिता र तिर्थमानको विवाह गरिदिने भएकाले आफु नआउँदासम्म भाई बहिनीको रेखदेख गरेर सँगै बस्ने अनुमति दिएकाले सँगै बसेको युवक तिर्थमानले बताएका छन् ।

रञ्जिताको आमा विदेशबाट फर्किए पछि विवाह गरिदिउला भनेकाले उनीहरु सँगै बस्दै आएका थिए ।

प्रहरीले युवतीको मृत्युका बारेमा युवक तिर्थमानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »