सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको तेमालमा वडास्तरीय सीप मुलक माेटर ड्राइभिङ तालिम शुरू

काठमडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा वडाध्यक्ष ज्ञान बहादुर तामाङको विशेष पहलमा एक महिने मोटर ड्राईभिङ तालिम शुरु भएको छ ।

०७७÷०७८को बजेटबाट सीप मुलक तालिम दिएर रोजगार सृजना गर्ने उदेश्यले वडाको ४२ जनालाई मोटर ड्राईभिङको तालिम दिन लागेको वडाध्यक्ष ज्ञान बहादुर तामाङले सारा खबरलाई जानकारी दिएको हो । उहाँको अनुसार ७ जना महिला सहितको सहभागीतामा यो तालिम शुरु भएको बताए ।

स्थानीय तहमा अहिले टोल टोलमा सडक संजालको विस्तार भैइसकेका छन् । मोटर ड्राईभिङ ट्रेनिङबाट दक्ष जनशक्ति निकाल्ने उदेश्यले यो तालिम संचालन गरेको वडाध्यक्ष तामाङको दाबी रहेका छन् ।

भक्तपुर मोटर ड्राईभिङ सेन्टरसँगको सहकार्यमा संचालन गरेको यो एक महिने तालिम समापनमा प्रमाण पत्र वितरण गरिने जानकारी दिनुभयो । चापखोरीको चौउरमा संचालन गरेको यो तालिम निरन्तर एक महिना संचालन हुनेछन् ।

सिप सिकेर राखेमा आवश्यकता परेको ठाउँमा काम लाग्ने छन् । सवारी साधनको बढ्दो प्रयोग सँगै सक्षम ड्राईभरको पनि माग रहेका छन् ।

करिब तीन लाखको बजेटमा शुरु भएको यो तालिम वडाको हितको निम्ति नै प्रयोग हुने वडाध्यक्ष तामाङको भनाई रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »