सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा व्यवसायीक ट्रेकिङ गाइड तालिम सम्पन्न

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा तेमाल गाउँपालिकाको समन्वयनमा ट्रेकिङ गाइड सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

तेमाल गाउँपालिकाको उप प्रमुख दलमान थोकरको प्रमुख आतित्थ्यतामा समापन कार्यक्रमको दिन सहभागी ६० जनालाई प्रमाण प्रत्र वितरण गरिएको थियो । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलका वासिन्दाहरुको पेशा नै ट्रेकिङ पेशा हो । हलको वडा अध्यक्ष प्रेम लामा पनि ट्रेकिङ गाइड नै हो । त्यसकारणले वडामा धेरै भन्दा धेरै ट्रेकिङ गाइडहरु उत्पादन गरि व्यवसायीक ट्रेकिङ गाइड बन्न सफल होस् भन्ने उदेश्यले यो तालिम संचालन गरेको वडा अध्यक्ष प्रेम लामाले सारा खबरलाई जानकारी दिएको छ ।

ट्रेकिङ सम्बन्धी अनुभव भएको किप नेपालको अध्यक्ष देबि प्रसाद पन्त ,तार जोशी लगाएतको टिमले सहभागी ६० जनालाई ट्रेकिङ गाइड सम्बन्धी तालिम दिएको थियो । कार्यक्रम समापनको दिन टानको पूर्व महासचिव सरिता लामा, यूकेबाट आएको लान वाल, ट्रेकिङ व्यवसायी पाल्साङ मोक्तान सहयोगी तामाङ रिमठिमा अध्यक्ष अम्बर तामाङ सहभागी रहेका थिए ।

प्रमुख अतिथि दलमान थोकरले युवाहरुमा यस प्रकारको तालिम आवश्यक्ता रहेको र अब व्यवसायीक ट्रेकिङ गर्नका लागि यो तालिमले सहयोग हुने बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »