सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको १३ वर्षिय रोशन तामाङ साउन ०७ गते शनिबार देखि कलंकीबाट सम्पर्क विहिन

काठमाडौँ । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौँको कलंकी मकालु पेट्रोल पम्प नजिक बस्दै आएको चन्द्र बाहदुर तामाङ र अस्मिता तामाङको छोरा वर्ष १३ को रोशन लामा तामाङ घोले यही २०७९ साल साउन ०७ गते शनिवार देखि हराइरहेको सारा खबरलाई उषा तामाङले जानकारी दिएको छ ।

नेपाल प्रहरी कालीमाटी वृत्त लगाएत विभिन्न निकायबाट खोजी कार्य भएता पनि भेट्न सकेको छैन । कोठबाट नजिकै रहेको न्यू लुम्बिनी तन्दुरी एण्ड भोजनालय कलंकीसम्म जान्छु भनि निस्केको रोशन लामा तामाङ भेजनालयमा पनि नपुगेको र रुममा पनि नफर्केको पिता चन्द्र बाहदुर तामाङले बताउनु भयो ।

बुबा चन्द्र बाहदुर तामाङ र आमा अस्मिता तामाङले कोहि कसैले भेटेमा खबर दिनका लागि सबैमा अनुरोध गरेका छन् । जानकारीको लागि ९८१८७७२९७२ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

हराइरहेको हुँदा कही कतै कसैले देखेमा निम्न नम्बरमा वा नजिकको प्रहरीमा खबर गरी दिनका लागि हार्दिक अनुरोध गर्दा छौं ।

सम्पर्कः चन्द्र बाहदुर तामाङ (न्यू लुम्बिनी तन्दुरी एण्ड भोजनालय कलंकी)
मोबाइल नं.ः ९८१८७७२९७२

भर्खरै

सम्बन्धित खबर

Language »