सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेपलान्चोक जिल्लाको बहुचर्चित बुद्धचित्त माला बिवाद सतहमै आयो : मालाधनिहरु भन्छन् आफ्नै सम्पतिले ज्यान जाला भन्ने डर भयो

काभ्रेपलान्चोक । आफ्नो गाउँमा फलेको बुद्धचित्तमाला स्थानिय ब्यक्तिहरुले मात्र ब्यापार गर्न पाउनुपर्ने भन्दै रोशी गाउँपालिका वडा नं.५ का स्थानिय युवाहरुले गाउँपालिका को न्यायीक समितिमा निवेदन दर्ता गराएर छलफल समेत भएपछि यो घटना सतहमै आएको छ ।
ठकुरानी तामाङको नाममा रहेको बोद्धि चित्त मालाको विषयलाई लिएर अहिले स्थानीय केही व्यक्तिहरुले रोशी गाउँपालिकाको न्यायीक समितिमा निवेदन हालेका छन् ।
छलफलको क्रममा रिपोर्टीङ गर्न पुगेका मुनलाईट टि भि का लवकुश के.सी. , उज्यालो नेटवर्क का अनिश तामाङ , बिबेक लोप्चल , नेपाल तामाङ पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका सारा खवरका संचालक मिलन लामा दोङ, राष्ट्रिय खवर डटकमका सह सम्पादक डि.बि.पराजुली लाई यो स्थानिय हरुबाटनै मिलाउने समस्या भएकोले बैठकमा राख्न नमिल्ने भन्दै बाहिरै राखेर स्थानिय युवाहरु , मालाको घरधनि , गाउँपालिका अध्यक्ष सहित न्यायीक समित र कानुन ब्यबसायी समेतको छलफल भएको थियो ।
करीब ५ घण्टा सम्म चलेको छलफलले कुनै पनि निस्कर्श निकाल्न नसकेर पुन छलफलबाट टुङ्ग्याउने गरि बैठक सकिएको थियो ।
बैठकबाट आउने प्रतिकृया लाई जस्ताको तस्तै आम नागरिक बिच पुर्याउने उदेश्यका साथ बसेका मिडियाकर्मीहरुलाई खबरै नगरी पालिका प्रमुख दिनेश लामा र न्यायीक समितिका प्रमुख मिम बहादुर तामाङ ( ज्वाला ) सुटुक्क हिनेपछि उनिहरुलाई शंकाको घेरामा राख्दै केहिबेर मिडियाकर्मीहरु आक्रोशित बनेका थिए ।
नेपालको संविधानको भाग ३ धारा २५ को उपधारा १ मा ब्यबस्था भए बमोजिम व्यक्तिको सम्पतीमा कसैले हस्ताक्षेप गर्न नपाउने मौलिक हकलाई सुनिश्चित गरिदिएको छ तर काभ्रेको रोशी गाउँपालिका वडा नं ५ मा रहेको मालाको बारेमा भने यो नियम लागु नभएको हो कि भन्ने देखिन्छ ।
व्यक्तिको नाममा रहेको जग्गा बाट उत्पादित उक्त माला स्थानीयले दाबी गर्न पाइन्छ कि पाइदैन ? यो सामान्य भन्दा सामान्य व्यक्तिले पनि बुझ्ने कुरा हो तर त्यस्तो भएन ।
संबिधानकै ब्यबस्था बमोजिम आएको स्थानिय सरकार संचालन ऐन २०४७ ले दिएको अधिकारलाई प्रयोग गर्दै सो गाउँपालिकाले तयार गरेको कार्यबिधि र निर्देशिका समेत सो बिषयबाट प्रभाबित भएको देखिन्छ ।
निर्देशिकामा बुद्धचित्त मालालाई कृषिजन्य उत्पादनको रुपमा लिई गाउँपालिकाको मापदण्ड बमोजिम बिक्रि मुल्यका ५प्रतिशत राजश्व तिरेपछि सोहि जग्गाधनिले आफु खुसी ब्यपार गर्नपाउने ब्यबस्था रहेको थाहा पाएर आफ्नो जग्गामा रहेको मालाको ९० लाख न्युनतम मुल्य कायम गरी वडा कार्यालय मार्फत ४लाख ५० हजार राजश्व समेत बुझाई सकेको अवस्थामा यो बिषय मुद्धाको रुपमा न्यायीक समितिमा दर्ता हुनु नै आफु बिरुद्धको षडयन्त्र भएको माला धनिहरु बताउँछन् ।
स्थानिय टोलका केहि गुण्डाहरु को प्रभावमा परेर गाउँपालिकाको जनप्रतिनिधिहरुले समेत ठोस निणर्यलिन नसकेकोले आफुहरु झनै अप्ठ्यारोमा परेको मालाधनिहरुको भनाई रहेको छ ।
उनिहरु भन्छन् “ आफ्नै सम्पतिको कारण आफ्नै ज्यान धरापमा परेको छ ” ।
लामो समय सम्म केहि गिरोहको हालिमुहालि चलेको माला बजारमा मन्दी भएपछि काभ्रेमा मालाको कारण अपराधिक घटना घटेको थिएन । २ बर्ष अगाडी बाटा बाटामा बम राखेर चारै नाका बन्द गरेर पेस्तोल तथा अन्य हतियार समेत देखाएर सो ठाउँको माला लुटिएपछि फेरी आमनागरिकहरु त्रसिद भएका छन् । जेठ, असार साउन ३ तिन महिना त कतिबेला केहुनेहो थाहै नहुने स्थानियहरु बताउँछन् ।
प्रतेक बर्ष झैं यो बर्ष पनि त्यस्तो घटना नहोला भन्ने भन्न नसकिन भन्दै स्थानियहरुले स्थानिय सरकार र स्थानिय प्रशासनलाई शान्ति शुरक्षा कायम गराउन माग गरीरहेका छन् ।

यो भिडियो हेर्नुस …………………………..

भर्खरै

सम्बन्धित खबर

Language »