सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा गोकुल बास्कोटा अल्पमतमा परेको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपाल समुहले काभ्रेको बनेपामा अष्ट लक्ष्मी शाक्याको प्रमुख आतित्थ्यतामा बृहत कार्यकर्ता बेला सम्पन्न भएको छ ।


विशेष गरेर पुर्व एमालेका दुई समुह बीचको विवाद सतहीमा देखिएको हो । काभ्रेमा विगत देखि नै तोकबहादुर वाइवा र गोकुल बास्कोटा बीचमा गुट उपगुटको जुहारी चल्दै आइरहेको थियो । नेकपा विभाजनसँगै अहिले प्रष्टरुपमा देखा परेको छ । नेकपा काभ्रे जिल्ला कमिटीका सचिव रहेका तोक बहादुर प्यालनमा रहेका प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धारा हुँमागाई, मुकुन्द गौतम, सविधान सभाको सदस्य बिदुर सापकोटा, दिपक गौतम,युवा नेता प्रदिप कुमार तामाङ,लगाएतका दर्जनौ नेताहरु उपस्थित रहेका थिए । जानकारहरुका अनुसार यत्तिबेला काभ्रेमा गोकुल बास्कोटा अल्पमतमा परेको बताउँछन् ।


प्रदेश सांसद बसुन्धारा हुँमागाई गोकुल बस्कोटाको विश्वासिलो पात्राको रुपमा चिनिदै आएको थियो तर पार्टी विभाजनमा टोक बहादुर वाइवाको पक्षमा उभिएको छ । यसले पनि काभ्रेमा नयाँ तरङ्ग थपेको पूर्व एमालेका नेताहरुको भनाई रहेका छन् । देश व्यापीरुपमा ससद विखटनको विरुद्धमा ५० हजार नेता कार्यकर्ता उतारर्ने योजनाका साथ नेपाल र प्रचण्ड समुहले ७७ वटै जिल्लामा भेलाको आयोजना गरेको छ ।


काभ्रेमा बागमती प्रदेश इन्चार्ज तथा प्रमुख अतिथि अष्ट लक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली शर्मा जनताको प्रधानमन्त्री नभई प्रतिगमनकारी र भ्रष्ट्रचारीलाई संरक्षण गर्ने प्रधानमन्त्री रहेको बताएकी छिन् । उहाँले ७० करोड भ्रष्ट्राचारी गर्ने नेताको बचाउ गर्न खोजिएको आरोप लगाएको छ ।


पौष ११ गते तोक बहादुर वाइवा र अध्यक्ष रेणु चौलागाईले कायस्थ व्यङकुइटमा कार्यकर्ता भेलाको सूचना निकालेको थियो तर १२ गते कार्यक्रम स्थल परिवर्तन भएको थियो । जस्को कारणले धेरै नेता तथा कार्यकर्ताहरु अन्योलमा परेका थिए । विशेष सुत्रको आधारमा कायस्थ व्यङकुइट लगाएत बनेपामा रहेका कुनै पनि पार्टी प्यालेसमा प्रचण्ड र माधव नेपाल समुहलाई भेला हुन नदिने योजना मुताविक कायस्थ व्यङकुईटमा कार्यक्रम नभएको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »