सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा चर्चा: गर्भवती महिलाको हेली मार्फत उद्दार, पहिरोले घर पुर्यो

काठमाडाैँ । काभ्रेमा अहिले चर्चाको विषय भनेको छ । महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाले गर्भवती महिलाको हेलीकप्टर बाट उद्घार गरेको समाचार सेलाउन नपाउँदै मण्डनदेउपुर नगरपालिका वडा नं. ११ मा पहिरोले घर पुरेको समाचार चर्चामा आएको छ ।

प्राप्त जानकारी अनुसार महाभारत गाउँपालिका वडा नंं. २ को १९ वर्षिय गर्भवती सुनिता थोकरको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि पालिका अध्यक्ष जिम्बाको पहलमा हेलीकप्टरबाट उद्घार गरिएको थियो । हाल थोकरलाई प्रसुती गृह थापाथलीमा उपचार भैइरहेको छ ।

यसरी नै काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ मा पहिरोले क्षति पुर्याएको छ । नगरपालिका वडा नं ११ को बाँसपानी स्थित स्थानीय राजकुुमार कुंवरको घर माथिवाट आएको पहिरोले क्षति पुगेको हो ।

विहान साढे ४ बजेतिर माथिबाट आएको पहिरोले घरको भित्तापट्टिको गाह्रो भत्काइदिएको पुग्नुभएका वडा सदस्य रामलाल तामाङले जानकारी दिनुभयो ।

पाहुना आएका एक जना बाहेक कुवँरका ७ जना परिवार सोहि घरमा सुतिरहेका थिए तर मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ ।

घटना स्थलबाट वडा सदस्य तामाङले जनारकारी दिए अनुसार घरभित्र रहेको अन्नपात, लत्ताकपडा भने पुरै नष्ट भएको छ । करिब ३ लाख बराबरको क्षति भएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »