सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा दैनिक काेराेना संक्रमितकाे संख्या थपिदै, मृत्यु हुनेकाे संख्या १०,

काठमाडाैँ । काेराेना संक्रमणकाे रूपान्तरित रूप काठमाडाैँ पछि काभ्रेमा देखा पर्न थालेकाे छ। बेथान गाउँपालिकाकी ७५ वर्षीय बृद्धा काेराेणा संक्रमणबाट असाेज २७ गते मृत्यु भएकाे छ।

दैनिक रूपमा काभ्रेमा काेराेना संक्रमितकाे संख्या थपिदै गएकाे छ तर काभ्रेकाे जिल्ला प्रशासन कार्यलय, विद्यालयहरू लगाएत सरकारी निकायहरू दैनिकरूमा संचालन भैइनै रहेकाे छ।

प्राप्त जानकारी अनुसार धुलिखेल नगरपालिकाकाे मेयर असाेक ब्यञ्जुलाइ पनि काेराेना पाेजिटिभ देखिएकाे छ । अब काभ्रेकाे धुलिखेल, बनेपा, पनाैति काेराेनाकाे हभ बन्दै गइरहेकाे संकेत दिएकाे हाे कि ?


दैनिक काभ्रेमा काेराेना संक्रमितकाे संख्या थपिदै जानु र काेराेना संक्रमितबाट मृत्यु हेनेकाे संख्या थपिदै जानुले पनि अब विकल्प खाेज्ने हाे कि भन्ने प्रश्न उठेकाे छ।

असाेज २८ गते मृत्यु भएकाे व्यक्ति बेथान गाउँपालिकाकी ७५ बृर्षीय बृद्धाको भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । शीर मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएकी बृद्धाको निधन भएको हो ।

योसँगै काभ्रेमा मृत्यु हुनेको सख्या १० पुगेको छ ।

काभ्रेमा आज एकैदिन ४० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १३ जना पुरुष र ८ जना महिला छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना पुरुष र ४ महिला र पनौती नगरपालिकाका ४ पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या ११३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४९७ रहेको छ । जिल्लामा आज ८ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । जिल्लामा कोरोना भाइरसबाट निको हुनेको संख्या ६२९ रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »