सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा रोकिएन टिपर आतंक : मोटरसाइकल लाई ठक्कर दिँदा कोइराला दाजुभाइको मृत्यु

टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका २ रविओपी बस्ने वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेका छन् ।

उनीहरु दुबै जना मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने टिपर चालक भने टिपर छाडेर भागेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »