सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा सुत्केरी महिला सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालको विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या वृदिृ भैरहेको छ । यस क्रममा काभ्रेमा सुत्केरी महिला सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज थपिएका संक्रमितमा धुलिखेल अस्पतालका तीन जना कर्मचारी छन् ।

त्यस्तै बनेपा नगरपालिका वडा नम्बर ९ की २९ बर्षीय सुत्केरी महिला र वडा नम्बर १३ का ३९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या जिल्लामा कोरोना संक्रममितको संख्या १०२ पुगेको छ । दुई जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »