सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेली युवाकाे नजरमा क्यान्सर पीडित, जनयुद्धकाे घाउँ अनि क्यान्सर

काभ्रे । माओवादी जनयुद्धको क्रममा घाइते भएका तर हाल क्यान्सर पीडित नैनबहादुर तामाङ (जमिन)लाई काभ्रेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । सिन्धुपलाञ्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत तामाङलाई काभ्रेका कम्युनिष्ट युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।

क्यान्सर पीडित तामाङलाई नेकपा काभ्रेका युवा नेता दैवलाल घिसिङ (अनुशिल) लगायत भक्तपुरको सुर्यविनायकस्थित डेरामा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । घिसिङको पहलमा संकलन भएको १ लाख ९ हजार ६ सय ४५ रुपैयाँ पिडितलाई आज हस्तान्तरण गरेका हुन् ।

नेता घिसिङले पीडित तामाङ जनयुद्धको एक कुशल कमाण्डर भएको बताए । ‘अझ भनौं सयौं मोर्चामा सफलता पुर्वक लड्ने कम्पनी कमाण्डर हुन् ।’ नेता घिसिङले भने, ‘जनयुद्धमा मृत्युदेखि नडराई ज्यानलाई समेत हत्केलामा राखेर मोर्चा लड्ने तामाङ आज मृत्यु शैयाबाट जीवन मरणको संघर्ष गरिहेको छ, त्यसैले सकेको सहयोग सबैले गरौँ ।’

नेता घिसिङका अनुसार आजसम्म काभ्रेबाट नेकपा काभ्रेका नेताहरु विनोद गौतममार्फत् १ लाख ३२ हजार, भोला आर्याल मार्फत् १ लाख १० हजार गरी ३ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ पीडितलाई बुझाइसकेको र अझै केही रकम बुझाउन बाँकी रहेको जानकारी दिएकाे छ ।


पीडितको उपचारार्थ रकम संकलन भइरहेको छ । क्यान्सर पीडित तामाङलाई उपचारमा आर्थिक अभाव भएपछि रकम संकलन गरिएको थियो ।

पीडीतको उपचारको लागि सहयोग रकम बनेपा नगरबाट नेकपाका नेता मोहन कुमार श्रेष्ठ र नारायण प्रसाद पौडेल, पाँचखाल नगरबाट नविन लामा र राजु दनुवार, राष्ट्रिय युवा संघका नेताहरु योगेन्द्र लामा, अभियान भण्डारी र विरेन्द्र लामाले संकलन गरेका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ काभ्रेका नेता योगेन्द्र लामा, अभियान भण्डारी, विरेन्द्र लामा, राजु दनुवार, नेकपा बनेपाका नेता मोहन कुमार श्रेष्ठ, नारायण प्रसाद पौडेल, पुर्व जनमुक्ति सेनाका कमाण्डर एंव पाँचखाल नगरका नेता नविन लामा, नेकपा नेता नारायण बाँनिया (दिपेश) लगायतको उपस्थिति रहेका थिए ।

यस अघि क्यान्सर पिडित तामाङलाई नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्नीप्रसा सापकोटा, वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतका नेताहरुले भेटिसकेका छन् ।

फाेटाे नेकपा काभ्रे युवा नेता दैवलाल घिसिङ अनुशिलकाे फेसबुकबाट ।

भर्खरै

सम्बन्धित खबर

Language »