सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना ९७% सम्पन्न,

काभ्रे । धुलिखेल ,बनेपा ,पनैती नगरपालिका क्षेत्रका करिब एक लाख जनताहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलव्ध गराउने उद्देश्यले नेपाल सरकार ,एशियाली विकास बैंक र धुलिखेल ,बनेपा, पनैती नगरपालिकाहरुको संयुक्त लागत सहभागितामा राष्ट्रिय प्राथमिकता प्राप्त काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना जुन १२ ,२०१३ देखि संचालनमा आयको थियो ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा खानेपानीका इन्टेकहरु ,रिजभ्र्वायर टैंकहरु, मुख्य प्रशारण पाइप लाइन र वितरण पाइप लाइन विछ्याउने कार्यहरु लगायत ९७ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको र आयोजनाको उद्देश्य अनुरुप २०७७ असार मसान्तभित्र तीनवटै नगरपालिका क्षेत्रका जनताहरुको घर घरमा खानेपानी उपल्वध गराउन धुलिखेल ,बनेपा ,पनैती नगरपालिका दृढताका साथ लागि परेको जानकारी काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले आज एक विज्ञप्ती मार्फत बताए ।

दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी संचालित उक्त आयोजनाको क्षेत्र विस्तार गर्नु परेको र समय समयमा देखा परेको स्थानीय सामाजिक समस्याहरु निराकरण गर्दै जाँदा समयमै सम्पन्न हुन ढिलाई भएको हो । संङ्घीय संसद तथा स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुको अथक प्रयासबाट सबै प्रकारका समस्याहरु समाधान गरिसकेकाले अव उक्त आयोजनाले आफ्ना बाँकी कार्यहरु निर्धारित समयमै सम्पन्न हुनेमा ढुक्क हुन सकिन्छ ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको बाँकी कामहरु गर्न नेपाल सरकारले थप ३९ करोड दिने भएको छ । उक्त आयाजना अव समयमै सम्पन्न भई २०७७ असार मसान्तभित्र तीनवटै नगरपालिका क्षेत्रका जनताहरुको घर घरमा खानेपानी उपल्वध हुनेगरी काम अगाडि बढिरहेको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डले एक सुचना मार्फत सार्वजनिक गरेका छन्

भर्खरै

सम्बन्धित खबर

Language »