सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे जिल्लालाई साक्षर जिल्ला घाेषणा

काठमाडाैँ । काभ्रे जिल्लालाई साक्षर जिल्ला घाेषणा गरेकाे छ । काभ्रे जिल्लाका संयोजक उद्धव केसीले मापदण्ड पूरा भएकोले काभ्रेलाई साक्षर जिल्ला घोषणा गर्न मन्त्री पोखरेल समक्ष प्रस्ताब गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक समारोहका बीच आज (बुधबार) साक्षर जिल्ला घोषणा गरेका हुन् ।

शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले घोकन्ते बिद्या र तीन घन्टे परिक्षा गुणस्तरीय शिक्षाका लागि चुनौती भएको बताएका छन् ।

धुलिखेलमा आज काभे्रपलाञ्चोक जिल्लालाई साक्षर घोषणा गर्दै मन्त्री पोखरेलले “जबसम्म हामी घोकन्ते बिद्या र तीन घन्टे परिक्षाबाट मूल्याकङ्कन गर्छौ, त्यती बेलामा सम्म कुनै परिर्वतन हुने छैन” भने । उनले नेपाललाई दुई बर्षभित्रमा साक्षर घोषणा गर्ने जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्ला ९६।४८ प्रतिशत नागरिकलाई साक्षर भए सँगै ५२ औ साक्षर जिल्ला घोषणा गरिएको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रस्तावमा काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर घोषणा गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङ, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ, शिक्षा मानव संसाधन विकास विभागका महानिर्देशक तुलसीप्रसाद थपलिया, शिक्षा विकास समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्कीले जिल्लाको साक्षरताको अवस्थाका बारेमा बताएका थिए ।

कुन स्थानीय तहमा साक्षतरता अवस्था कस्तो छ ?
मण्डन देउपुर नगरपालिकालाई ०७५ साल पुष १३ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ३२ हजार ५ सय ६० रहेकोमा साक्षर जनसंख्या ३१ हजार २१ अर्थात ९५.२७ प्रतिशत रहेको छ ।
खानीखोला गाउँपालिकामा २०७५ साल माघ २१ गते साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १४ हजार ३ सय ९८ जनसंख्या रहेकोमा १३ हजार ९ सय २४ अर्थात ९६.७१ प्रतिशत साक्षर रहेको छ ।
धुलिखेल नगरपालिकामा २०७५ फागुन ५ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरमा ३२ हजार १ सय ६२ जनसंख्या रहेकोमा ३१ हजार ५ सय ४१ अर्थात ९८.०७ प्रतिशत साक्षर रहेको छ ।
बनेपा नगरपालिकामा २०७५ साल चैत्र १४ गतेका दिन साक्षर नगर घोषणा गरिएको थियो । यस नगरमा ५५ हजार ५ सय ६ जनसंख्या रहेकोमा ५३ हजार ८ सय ९३ जना अर्थात ९७.०९ प्रतिशत साक्षर रहेको छ ।
तेमाल गाउँपालिकामा २०७६ साल भदौ २२ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा २२ हजार ७ सय १२ जनसंख्या रहेकोमा २१ हजार ७ सय ९७ अर्थात ९५.९७ प्रतिशत साक्षर रहेको छ ।
भुम्लु गाउँपालिकामा २०७६ साल मंसिर १३ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १८ हजार ६ सय ६२ जनसंख्या रहेकोमा १७ हजार ७ सय ३९ अर्थात ९५.०६ प्रतिशत साक्षर रहेको छ ।
पनौती नगरपालिकामा २०७६ साल मंसिर २० गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ४५ हजार ५ सय ७७ जनसंख्या रहेकोमा ४३ हजार ३ सय २० अर्थात ९५.०५ प्रतिशत साक्षर रहेका छन् ।
बेथानचोक गाउँपालिकामा २०७६ साल पुष २५ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १६ हजार ७ सय ७७ जनसंख्यारहेकोमा १६ हजार ७४ अर्थात ९५.८१ प्रतिशत साक्षर रहेको छ ।
महाभारत गाउँपालिकामा २०७६ साल माघ ६ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १८ हजार २ सय ८३ जनसंख्या रहेकोमा १७ हजार ९ सय १४ अर्थात ९७.९८ प्रतिश साक्षर रहेको छ ।
नमोबुद्ध नगरपालिकामा २०७६ साल माघ १२ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा २९ हजार ५ सय १९ जनसंख्या रहेकोमा २८ हजार ४ सय ५६ अर्थात ९६.४० प्रतिशत साक्षर रहेको छ ।
पाँचखाल नगरपालिकामा २०७६ साल माघ १३ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ३७ हजार ९ सय ९७ जनसंख्या रहेकोमा ३६ हजार २ सय ६१ अर्थात ९५.४३ प्रतिशत साक्षर रहेको छ ।
रोशी गाउँपालिकामा २०७६ साल माघ २८ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा २८ हजार ७ सय ४६ जनसंख्या रहेकोमा २८ हजार ४ सय ५२ जना अर्थात ९८.९८ प्रतिशत साक्षर रहेको छ ।
चौंरीदेउराली गाउँपालिकामा २०७६ साल फागुण १ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा २० हजार ८ सय २९ जनसंख्या रहेकोमा २० हजार १ सय ६८ अर्थात ९६.८३ प्रतिशत शिक्षित रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »