सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे जिल्ला पुर्णरुपमा निषेधाज्ञा

काठमाडौं । कोभिड (१९)को दोस्रो लहर फैलिएसँगै काभ्रे जिल्लामा पनि कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जेठ २ गते राति १२ बजेसम्म राजमार्ग र सहायक राजमार्ग आसपास सहरी क्षेत्रमा कायम निषेधाज्ञाको क्षेत्र बढाएर जेठ १२ गतेसम्म जिल्लाभर लागू हुने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । वैशाख १९ गतेबाट २६ गते राति १२ बजेसम्मको लागि कायम निषेधाज्ञा एक साताको लागि थप गरिएको थियो ।

निषेध आदेशमा तरकारी, खाद्यान पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाउने उल्लेख छ । जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ८ सय ११ पुगिसकेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा ५० जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रेलाई कोरोना संक्रमण उच्च भएको जिल्लाको रुपमा ‘रेड जोन’मा राख्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »