सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे तेमाल दोर्जेगाङमा सबै भन्दा ठूलो दोर्जे निर्माण हुने, शिलान्यास कार्यक्रम सम्पन्न

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ४ दोर्जे डाँडामा तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङले काभ्रेको मात्रै नभएर नेपालकै सबैभन्दा अग्लो दोर्जे निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।

वडा नं. छ ठूलो पर्सेलको वडाध्यक्ष विकुलाल मोक्तानले गाउँपालिकाको पहलमा निर्माण गर्न लागेकोमा तेमालको गौरव र तेमालमा टुरिजम क्षेत्रलाई थप टेवा पुर्‍याउने दाबी गर्नु भयो । तेमाल गाउँपालिकाको उपप्रमुख तथा कार्यक्रमको विशेष अतिथि दुर्गामाया तामाङले दोर्जे डाँडालाई देखाएर चित्त बुझाउनु पर्ने दिन गएको र अब साँच्चिकैको सबैभन्दा ठूलो दोर्जे देख्न पाउनु नै हामी सबैकालागि खुशीको खबर भएको बताउनु भयो । प्रमुख अतिथि तथा तेमाल गा. पा.को अध्यक्ष सलाम सिं तामाङले धेरै वर्ष देखि देखेको सपना पूरा हुन लागेकोमा खुशी लागेको बताउनु भयो भने द‍ोर्जे डाँडामा अाउँदा परम्परागत सिढी चढेर अाउन पाउने बताउनु भयो । यसैगरी दोर्जे निर्माण भएपछि यो गाउँको सामाजिक , अार्थिक र साँस्कृतिक पक्षको पनि विकास हुने बताउनु भयो । यसरी निर्माण हुन लागेको दोर्जे ३८ फिट अग्लो हुने छन् । यो तेमालको मात्रै नभएर काभ्रेको नै गौरवको अायोजना भन्दा फरक पर्दैन । २०७८बैशाख २५ गते भित्रमा निर्माण भैसक्नु पर्ने प्रमुख अतिथि सलाम सिं तामाङले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »