सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे नेकपाका नेतालाई तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङकाे चुनाैति (भिडियो सहित)

काभ्रे । तेमाल फाउन्डेशनकाे आयाेजनामा भएकाे बृहत साेनाम ल्हाेछार कार्यक्रम तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे छ ।

तेमाल गाउँपालिका वडा नं. १ सरस्युखर्ककाे सहयाेगमा आयाेजित उक्त कार्यक्रम अन्य साेनाम ल्हाेछार भन्दा फरक ढंगले सम्पन्न भएकाे थियाे ।

लामा गुरू साेनाम ग्युर्मे तामाङबाट उपस्थित सम्पुर्णलाई वाङ वितरण गरेकाे थियाे भने साेनाम ल्हाेछारकाे बारेमा प्रवचन पनि दिनुभएकाे थियाे ।

प्रमुख अतिथि सलाम सिं तामाङले नेकपाका नेताहरूलाई आउँदाे चुनावका लागि अहिले देखि नै चुनाैति दिनुभएकाे छ ।

उहाँले तेमालकाे विकास निर्माण कार्यहरू पुर्णरूपमा सम्पन्न नभए सम्म तेमाल गाउँपालिकाकाे प्रमुखबाट नहट्ने घाेषणा गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे ”तेमालका नेताहरू इन्द्र लामा, जेनिस लामा, हिरा लामाले भने जस्तै मैले विकासकाे खाका काेरि सकेकाे छ र निर्माण कार्य पनि भैरहेका छन् । अब चाँडै बाेहरे दाेभानमा तेमालमा आगमन हुने गेट अथवा प्रवेशद्वार निर्माण हुने छन् । हामीले काेट तेमालमा तेमाल प्रवेश गेटकाे उद्घाटन गरिसकेकाे छ । डम्फु पार्क, तामाङ संग्राहलयका लागि ४० लाख बजेट विनियाेजन गरिसकेका छन् । हाम्राे तेमालकाे ऐतिहासिक स्थल दाेर्जेगाङमा सबैले देख्ने ठुलाे दाेर्जे निर्माण गर्ने छु । जबसम्म त्यहाँ दाेर्जे निर्माण हुँदैन तबसम्म मैले तेमाल गाउँपालिकाकाे प्रमुख पदबाट नछाेड्ने घाेषणा गर्ने छु । म कुनैपनि हालतमा अर्काे चुनावमा पनि जितेर दाेर्जेगाङकाे दाेर्जे निर्माण गर्ने प्रतिवद्धता गर्दछु ।”

यसरी अध्यक्ष सलाम सिं तामाङले भाषण गरिरहदा दर्शकहरूले तालि बजाएर हाैसला दिइरहेका थिए भने नेता इन्द्र तामाङ, हिरामान वाइवा र जेनिस दाेङ हाँसिरहे ।

तेमाल गाउँपालिका वडा नं। १ नेकपाकाे लालकिल्लकारूपमा मानिन्छन् तर त्यही स्थानबाट अध्यक्ष सलाम सिं तामाङले पुनः तेमाल गाउँपालिकाकाे प्रमुखमा आफैले जित्ने घाेषणा गरेका छन् ।

विशेष अतिथि इन्द्र लामाले संस्कारकाे बारेमा उदाहरण दिएर प्रमुख अतिथि अथवा तेमाल गाउँपालकाका अध्यक्ष माथि प्रहार गरिरहेका थिए । तर जति प्रयास गरेपनि अब तेमालमा सलाम सिं तामाङलाई इन्द्र तामाङले हराउन नसक्ने अध्यक्ष सलाम सिं तामाङकाे दाबी थियाे ।
उहाँले जेनिस दाेङ र हिरामान वाइवालाई तेमालकाे उदाउँदाे नेताकाे संकेत दिनु भएकाे छ ।

नेता हिरामान तामाङ र जेनिस दाेङले भने जस्तै तेमाल समृद्ध हुने पनि अध्यक्ष सलाम सिं तमाङले प्रतिबद्धता गर्नुभयाे ।

प्रेस केन्द्र नेपालका केन्द्रिय सदस्य हिरामान तामाङले तेमालकाे २० वर्षे सपना सुनाउनु भएकाे थियाे भने अनेरास्ववियुका केन्द्रीय सदस्य तथा नेकपाका जिल्ला सदस्य जेनिस दाेङले अब नेपालमा जनताले भनेकाे जस्ताे सरकार आएकाे हुनाले समृद्धका लागि धेरै पर्खनु नपर्ने दाबी गर्नुभएकाे थियाे ।

वडा अध्यक्ष नेवार भएता पनि तामाङ संस्कृति संवर्धनका लागि बजेट विनियोजन गरेर राम्रो काम गरेको भन्दै गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले वडा अध्यक्ष मान बहादुर श्रेष्टलाई धन्यवाद दिनुभएकाे थियाे ।

भिडियाे हेर्न नछुटाउनु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »