सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे प्रदेश सभा १ मा रत्न ढकाल VS दिलिप तामाङ: कसले जित्ला ?

काठमाडौँ । बागमती प्रदेशको खेलकुद मन्त्री रत्न ढकालले मंसिर ४ गते हुने प्रादेशीक निर्वाचनका लागि गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवार दर्ता गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा मन्त्री ढकालले बागमती प्रदेश सदस्यका लागि काभ्रे क्षेत्र नं. १ को १ बाट अध्याधिक मत ल्याएर नेपाली कांग्रेसको चन्द्र बाहदुर लामालाई पराजित गरेको थियो ।

तामाङ समुदायको बाहुल्यिता रहेको रत्न ढकालको क्षेत्रमा कसरी ढकालको विजय भयो भन्ने प्रश्न उठेको थियो । त्यस बेलाको चुनावी प्रचार प्रसारको क्रममा रत्न ढकालले म ढकाल हैन म तामाङ ढकाल हो मलाई जिताउनुस् । तपाईहरुको लागि काम गर्ने छु भनेर भोट माग्दै हिडेका थिए तर निर्वाचन पश्चात रत्न ढकालले तामाङ भएर नै त्यस क्षेत्रकाे विकासमा उल्लेखनीय कार्य गरेका छन् । अहिले काभ्रे क्षेत्र नं. १ को १ मा रत्न ढकाललाई रुचाउने धेरै जनताहरु छन् । पछिलो चरणमा बागमती प्रदेशको खेलकुद मन्त्री भएपछि ढकालले आफ्नो क्षेत्रमा धेरै भन्दा धेरै योजनाहरु पार्न सफल भएको छ ।

अहिलेको यो निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट रत्न ढकालको प्रतिद्धन्द्धीकाेरुपमा दिलिप तामाङले उम्मेदवारी दर्ता गरेको छ । रोशी गाउँपालिकाको दिलिप तामाङ नेकपा (एमाले)को पुराना इमानदार नेता हुनु । चर्चाको शिखरमा रहेका रत्न ढकालसँग कसरी प्रतिस्पर्धा गरिन्छ भन्ने कुरा मंसिर ४ गतेको मत परिणाम पछि थाहा पाउने नै छन् ।

‘आज एउटा खुशीको दिन । त्यो खुशी यस मानेमा हाम्रो देश जुन ढंगले अगाडि बढाउन खोजिरहेका छौं । हामीले बनाएको नयाँ संविधान कार्यन्वयन गर्ने र संविधानमा भएका तमाम नयाँ व्यवस्थाहरु छन्, मजबुत बनाउनको निम्ति मुलुकले खोजेको गठबन्धनको तर्फबाट विजयकाे शुरुवातको रुपमा देशैभरि हामी उपस्थित भएका छौं ।’ ढकालले भने, ‘ काभ्रे जिल्लाको समृद्धिको, काभ्रे जिल्लाको विकासको नेतृत्व यो गठबन्धनका नेताहरु र पार्टीले मात्र गर्छन् । देशको स्थायीत्व, समृद्धि र संविधानको रक्षाको निम्ति यो गठबन्धनलाई मतदान गर्न म अनुरोध गर्न चाहन्छु ।

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ का गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले देशेका स्थायीत्व, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई भोट दिन अनुरोध गरेको छ । उम्मदेवार मनोनयन दर्ता पछि कोणसभालाई सम्बोधन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले उक्त कुरा बताएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »