सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे बहुमुखि क्याम्पसमा अनेरास्ववियुकाे ताला बन्दी

काभ्रे बहुमुखि क्याम्पसमा प्राविधिक विषय अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सम्बन्धन विपरित, पाठ्यक्रमलाई वास्तै नगरी अध्यापन गराउँदा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै विद्यार्थीले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

विद्यार्थीको मागमा अनेरास्ववियुले ऐक्यवद्धता जनाएको छ । पटक-पटक विद्यार्थीको समस्या समाधान गर्न आग्रह गर्दा पनि क्याम्पस प्रमुखले बेवास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपरेको अनेरास्ववियु काभ्रेले जनाएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत यसअघि अनेरास्ववियुले प्रशासन र एकाउन्टमा ताला लगाएको थियो भने आज क्याम्पसको मुख्य गेटमा नै तालाबन्दी गरेको छ ।

कार्यक्रममा बाेल्दै अनेरास्ववियु केन्द्रिय सदस्य एवं पुर्व जिल्ला अध्यक्ष शालिकराम पराजुलीले अनेरास्ववियु अन्याय र अत्याचार विरुद्ध कहिल्यै नझुक्ने बताएका छन् । देशमा आएका महत्वपुर्ण परिवर्तनमा अनेरास्ववियु सधै अग्र मोर्चामा रहेको स्मरण गर्दै उनले अब पनि बेथितिका विरुद्ध नझुक्ने बताए ।
आज सम्म मौन रहेको नेपाल विद्यार्थी संघले पनि प्रशासनमा ताला लगाउनुले अनेरास्ववियुको माग जाएज भएको स्पष्ट भएको बताएका छन् ।

प्रशासनसँग नजिक रहेका केहि व्यक्तिले ताला फोर्ने बताएको तर्फ संकेत गर्दै केन्द्रिय सदस्य पराजुलीले अनेरास्ववियु नामको पहाडसँग कोहि ठोक्किन आए त्यसको कुहिनु भाँचिने चेतावनी दिए । विद्यार्थीको समस्या समाधानमा अनेरास्ववियु होमीदा प्रशासन किन विद्यार्थीको नजिक हुन नसकेको भन्दै प्रश्न गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »