सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काममा फर्किए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्केका छन्। संक्रमित भएको एक साता भन्दा कम समयमै उनी ह्वाइट हाउसको काममा फर्केका हुन्।

ओभल अफिस फर्केका ट्रम्पले कामको ब्रिफिङ लिएको समाचार बिबिसीले प्रकाशित गरेको छ । गत शुक्रबार उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो।

उपचारमा संलग्न चिकित्सकले २४ घण्टाको भन्दा बढीको अवधिमा ट्रम्पमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको बताएका छन्। चिकित्सकका अनुसार चार दिनदेखि ट्रम्पलाई ज्वरो देखिएको छैन।

ह्वाइट हाउसका चिकित्सक डा. शिन केन्लीका अनुसार शुक्रबार उपचारका लागि सैनिक अस्पताल भर्ना भएयता ट्रम्पलाई अक्सिजनको सहायता आवश्यक्ता परेको छैन। त्यसअघि रगतमा अक्सिजनको मात्रा घटेकाले दुईपटक अक्सिजन दिनुपरेको समाचार सार्वजनिक भएको थियो।

ट्रम्प सोमबार सैनिक अस्पतालबाट ह्वाइटहाउस फर्किएका हुन्। बुधबार एक भिडिओ सन्देशमार्फत ट्रम्पले आफूले राम्रो महशुस गरिरहेको बताएका छन्।

ट्रम्पको ताजा स्वास्थ्य रिपोर्टमा के छ?

डा. केन्लीको रिपोर्ट अनुसार ट्रम्पको शारिरिक जाँच सामान्य रह्‍यो र अक्सिजनको मात्रा तथा स्वाश्प्रश्वास दर स्थिर छ।

‘५ अक्टुबरमा उनको शिरमा सार्स कोव-२-आइजिजीको एन्टिबडी भेटिएको छ’ रिपोर्टमा भनिएको छ।

‘हामी उनको स्वास्थ्यलाई नजिकबाट हेरिरहेका छौं, केही थाहा हुनेबित्तिकै तपाईंहरूलाई जानकारी दिनेछु’, चिकित्सकले भने।

अस्पतालबाट ह्वाइट हाउस फर्किएपछि ट्रम्पका अर्का एक सहयोगीलाई कोरोना पुष्टि भएपछि त्यहाँ नयाँ सुरक्षा उपाय अपनाउन थालिएको छ।

ट्रम्प बुधबार दोश्रो प्रहरमा अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिस पुगेका थिए।

त्यहाँ उनलाई मेक्सिकोको खाडीको डेल्टा आँधी र  अर्थ व्यवस्था सुधारका लागि ल्याउनका लागिएको प्रोत्साहन प्याकेजका बारेमा डेमोक्रेट्सहरूसँग भएको कुराकानीको जानकारी दिइएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »