सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काम भन्दा हल्ला ठुलो, थाहा युथको अभियान, नाम अकैको

काठमाडौँ । मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. १० का युवा अर्जुन बस्नेतलाई लकडाउनको समयमा दम रोगी हजुर आमा बचाउनलाई धेरै ठाउँमा अक्सिजनको लागि हार गुहार गर्नु पर्यो । बल्ल बल्ल अक्सिजन पाएर हजुर आमालाई बचाउन पाउँदा अर्जुन बस्नेतलाई मनमा खुशी त भयो तर एउटा प्रश्नले सताई रहयो । लकडाउनको समयमा बोल्न नसक्ने र आर्थिक कमजोर हुनेहरुको अवस्था कस्तो होला ? साँच्चिकै उहाँहरुले अक्सिजन पाएको छ होला त ? यस्तै यस्तै प्रश्नले उनलाई सताउन थाले । आफ्नै गोजीमा भएको ५० हजारबाट साथीहरुसँग मिलेर गरिब र कोभिड (१९)को दोस्रो लहरबाट समस्यमा परेकाहरुलाई सहयोग गर्न थाले ।

थाहा युवा इन्भेष्टमेन्ट् संस्थाबाट ८ जनाको समुहको युवाहरु मिलेर संचालन गरेको यो अभियानले धेरैको मन जित्न सफल भयो । देश विदेशमा रहेका सहयोगी मनकारी साथीहरुले सहयोग गर्न थाले । त्यसपछि उहाँहरुले अक्सिजन मात्र होइन दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारी रहेकाहरुका लागि खानाको व्यवस्था पनि गर्न थाले । अहिले दैनिकरुपमा ५ सय देखि हजार जनालाई निशुल्क खाना वितरण गर्छन् अर्जुन बस्नेतका समुहले ।

शनिबार बिहान युवा व्यवसायी तथा सारा खबरको शुभेच्छुक शालिकराम अधिकारीले यो पंत्किारलाई फोन मार्फत समाचार संकलनका लागि निम्तो आयो । वास्तविक बुझ्नका लागि यो पंत्तिकार नयाँ बजार पुग्दा केही सामाजिक अभियान्त हुँ भन्ने व्यक्तिहरु पनि देखियो तापनि युवा व्यवसायी शालिकराम अधिकारीले अभियानका संयोजक अर्जुन बस्नेतसँग चिनजान गरिदियो ।

अर्जुन बस्नेतले अभियानको बेलीविस्तार सुनाउँदा साँच्चिकैरुपमा मन छुएको थियो । हुन त त्यहाँ केही युटुवर पत्रकारहरु पनि थियो । अहिलेको कोभिड १९ को दोस्रो लहरमा समस्यामा परेका हरेक व्यक्तिहरुलाइ सबैले साथ र सहयोग गर्नु पर्छ ।

थाहा युथ इन्भेष्टमेन्टको युवाहरुले करिब पाँच सय जनालाई पुग्ने खानाको प्याक लिएर डल्लु पुलमा पुगियो । त्यहाँ अर्को सामाजिक अभियान्त पनि जोडियो । जस्लाई युटुब तिर देखि रहने अनुहार ज्ञानेन्द्र शाही । त्यहाँ सामाजिक अभियान्तकारुपमा चिनिएका हेमराज थापाको केही टिम पनि सहभागी भएका थिए ।

नेपाली उखान ”काम भन्दा हल्ला ठुलो, हिड्दा खेरी खुट्टा लुलो” भने जस्तै एक युटुबरले कुरा नबुजी भिडियो संप्रेशन गरेछन् । “हेमराजको टिमले निशुल्क खान वितरण गरे ।” थाहा युथ इन्भेष्टमेन्ट कै एक सदस्यले गुनासो गरे । “दाजु दुःख गर्ने हामी, नाम आउने उनीहरुको , यो कसरी हुन सक्छ ? ” यसरी दोहोरो कुरा नबुजी संप्रेशन गर्नु वा जनतालाई भ्रममा राख्न खोज्नु पत्रकारिताको धर्म हाे र दाजु ?

यूवा व्यवसायी शालिकराम अधिकारी भन्छन् । ”मलाई कुनै राजनीतिक स्वार्थ लिनु छैन । भाईहरुले गरेको काममा मैले सहयोग गरेको मात्र हो । भाईहरुको काम राम्रो होस् । मेरो यही कामना छ ।” यसरी नै अर्का युवा व्यवसायी तथा नेकपा (माओवादी)का युवा नेता राजु बलामी भने यसो भन्छन् । “भाईहरुले काम गरेको मैले सामाजिक संजालबाट थाहा पाए । आज चाहि जे सकिन्छ त्यही सहयोग गर्नका लागि म आएको हुँ । भाईहरुले गरेको काम राम्रो छ । म जे पनि सहयोग गर्न तयार छु ।”

यसरी थाहा युथ इन्भेष्टमेन्ट्का ८ युवाहरुले डल्लु, स्वयम्भु, भगवान पाउँ, र बाफलमा गरि ५ सय भन्दा धेरै बोको पेटहरुका लागि खानाको व्यवस्था गरेको थियो । यो अभियान निरन्तर चलिरहने संयोजक अर्जुन बस्नेतले सारा खबरलाई बताएको छ ।

भिडियाे हेर्न नभुल्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »