सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कारबाहीको माग गर्दै सांसद सरिता गिरीविरूद्ध प्रहरी परिसर टेकुमा उजुरी

काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ।

शुक्रबार तीन जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन्। ‍

परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले परिसरमा राज्यविरूद्धको अपराधमा उजुरी परेको जानकारी दिए । उनले राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हालेको बताएका छन् । उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि उनले बताए। ‍

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्। उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो। तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो। अस्वीकृत भएसँगै उनले संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन्।

‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो,’ गिरीले भनेकी थिइन्, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले देश निर्माण गर्नुभयो।’

भर्खरै

सम्बन्धित खबर

Language »