सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कारोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । दोहोर्‍याएर पीसीआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सुरुमा शिशुमा हल्का जन्डिस देखिएको थियो । शुक्रबार पुनः जाँच गराउँदा बाल रोग विशेषज्ञले निको भइसकेको र डिस्चार्ज गर्न योग्य भएको निष्कर्ष दिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु एक साता सम्बन्धित क्वारेन्टाइनमा बस्नु पर्ने छ । त्यसपछि आरडीटी गरी घर पठाइने छ । तर, कुनै एक जनामा कोरोनाको लक्षण देखिए पुनः पीसीआर जाँच गर्नु पर्ने अस्पतालले प्रष्ट पारेको छ ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।

पीसीआर जाँचका क्रममा रिपोर्ट पोजेटिभ आएपछि महिलाको मृत्युलाई नै कोरोनाबाट भएको नेपालको पहिलो मृत्यु घोषणा गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »