सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कार दुर्घटनामा पत्रकारको मृत्यु

बुटवल। कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार एवं न्यूज २४ का जिल्ला संवाददाता कृष्ण बाबु पाण्डेकाे निधन भएकाे छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेकाे ज्यान गएकाे हाे ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएकाे जनाइएकाे छ ।

दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा मृत्यु भएकाे हाे । कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । उनकाे शव अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । ३० वर्षीय पाण्डे विगत केही वर्षदेखि न्यूज २४ मा कार्यरत थिए ।

न्युज २४ बाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »