सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालिका माध्यमिक विद्यालयको ६०औ वार्षिक भेला सम्पन्न।

संचारकर्मी सन्ध्या सुस्केराकाे सहयाेगमा

काठमाडौँ । बागती प्रदेशको मुख्यमन्त्री डोरमनी पौडेलको प्रमुख आतित्थ्यतामा चैत्र ३१ गते मंगलबार इन्द्र सरोवर गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयको ६० औं वर्षिक उत्सव सम्पन्न भएको छ ।


इन्द्रसरोवर गाउँ पालिका वडा नम्बर ४ फाखेल मकवानपुरमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औं वार्षिकउत्सव सप्पन्न भएको छ ।

विशेष अतिथि इन्द्रसरोवर गाउँ पालिकाको अध्यक्ष जीवन लामा, इन्द्रसरोवर गाउँ पालिकाको उपाध्यक्ष उमा कुमारी लामा, विशेष अतिथि जिल्ला आयोजना कार्यान्वयन इकाइ को प्रमुख मकवानपुरका बद्री पाठक, अतिथिहरुमा इन्द्रसरोवर गाउँ पालिकाको वडा नम्बर २,३,४,र ५ का वडा अध्यक्षहरु, इन्द्रसरोवर गाउँ पालिकाको प्रशासकीय अधिकृत श्री किरण निधि तिवारी ज्यू, इन्द्रसरोवर गाउँ पालिकाको शिक्षा विभाग प्रमुख श्री धर्मानन्द पन्त लगाएत इन्द्रसरोवर गाउँ कार्यपालिका सदस्य,वडा सदस्यहरु, गाउँ शिक्षा समिति सदस्य, लामागुरु, समाजसेवी, सहयोगी दाताहरू,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सन्चारकर्मी, कलाकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी आतिथ्यमा साथै अभिभावक, शिक्षक, विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियोे ।

सोही कार्यक्रमका प्रमुख अतिथी माननीय बागमती प्रदेश मुख्य मन्त्री डोरमनी पौडेलद्वारा कार्यक्रम उदघाटन साथै विद्यालयका दुईवटा निर्माण सप्पन्न तीन कोठे भबन र २ कोठे भवन उद्घाटन समेत गरेको थियोे ।

शैक्षिक सत्र २०७६÷७७ को आय ब्यय प्रस्तुत एवं आउँदो नीति तथा कार्यक्रमबारे सोही बिद्यालयका प्राधानाध्यापक मान बहादुर स्याङ्तान तामाङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शैक्षिक सत्र २०७६ का कक्षा १ देखि ९ सम्मका प्रथम,दितिय,तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरि विद्यालय व्यवस्थापन समिति पुनर्गठन समेत गरि उक्त बिद्यालयको ६० औं अभिभावक भेला तथा बार्षिक साधारणसभा विविध सास्कृतिक कार्यक्रम सहित सभाध्यक्ष धनबिर स्याङ्तानले कार्यक्रम समापन गरेको थियोे ।


तस्बिर सन्ध्या सुस्केरा

भर्खरै

सम्बन्धित खबर

Language »