सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालोबजारीकाे आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं । कालोबजारी गरेको आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन्।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अग्रवाल ६७ थान थर्मलगनसहित नक्सालबाट पक्राउ परेका हुन्। उनीमाथि तीन हजार पर्ने थर्मलगन १५ हजार रुपैयाँमा बेचेको आरोप छ। सुरुमा उनले यसको मूल्य १६ हजार पर्ने बताएका थिए।

अग्रवाल किर्गीस्थानका अवैतनिक महावाणिज्यदूतसमेत हुन्। प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९ सी सी १ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो।

नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरेर अग्रवालले शनिबार मात्र चीनको ग्वन्झाओबाट चार टन मेडिकल सामग्री ल्याएका थिए। उनीमाथि थप अनुसन्धान सुरु भएको थापाले बताए। पक्राउ गरेर टेकु पुर्याएपछि मात्र प्रहरीले अग्रवाल शंकर ग्रुप, जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक रहेको थाहा पाएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »