सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालोबजारी, भ्रष्टाचार नियन्त्रण गर्न अनुगमनका लागि अनेरास्ववियू बाँकेले बुझायो जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

नेपालगन्ज, नजिकिदै गरेका ठूलाठूला चाडपर्व र कोरोना भाइरस महामारीको बेलामा कालोबजारी, चोरी, डकैती, भ्रष्टाचार बढ्न सक्ने भन्दै उक्त समस्याहरु रोक्नका लागि अनुगमन तथा नियन्त्रण गर्न अनेरास्ववियू बाँकेले आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

कोरोनाको चपेटामा परेका विद्यार्थीहरु, निम्न आय भएका गरिब मजदुरहरुलाई राहतको व्यवस्था गर्न समेत उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र शाह जम्वो र सह संयोजक टेकेन्द्र मल्ल लगायतको टीमले प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गलाई ज्ञापनपत्र बुझाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »