सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालोबजारी हुन नदिन उपमहानगरपालिकाको सक्रियता

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले लामो समयको लकडाउनका कारण बजारमा कालोबजारी हुन नदिन स्थानीय सरकार, स्थानीय प्रशासन र सम्वद्ध ब्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको
छ ।

नेपालगञ्ज उप–महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको शुक्रबार भएको बैठकमा समितिका संयोजक समेत रहनुभएका उपप्रमुख थापा मगरले आपुर्तीमा सहज ब्यवस्थापन गरि सहजरुपमा ब्यापार ब्यवसाय संचालनका लागि स्थानीय सरकार लागिपरेको बताउनुभयो ।

बजारमा कालोबजारी हुन नदिन सम्वद्ध सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्छ, उपप्रमुख थापा मगरले भन्नुभयो,– मुल्यवृद्धि हुनेगरि बजारमा आपुर्ती ब्यवस्थापन नहोस । उहाँले उपभोक्ता सहजिकरण आवश्यक भएको भन्दै सहज रुपमा ब्यावसायिक कारोबारका संचालनका लागि पहल गरेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पेशागत इमान्दारिता सबैमा आवश्यक पर्ने बताउनुभयो ।

बैठकमा केएल दुगड ग्रुपका प्रबन्धक प्रदिपकुमार छाछेड, पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठ, नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, मासु ब्यवसायी संघका अध्यक्ष दिपेन्द्रराज श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष सतिशकुमार अग्रवाल, रानीतलाउ तरकारी बजार समितिका अध्यक्ष मोतिसरा थाापा लगायतले असहज अवस्थामा काम गरिरहेको भन्दै बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था नभएको बताउनुभयो ।

समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका अधिकृत विमल गुरुङले बजारमा मुल्यवृद्धि हुन नदिन, आपुर्तीमा सहज ब्यवस्थापनका लागि बैठकमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »