सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कास्कीमा पहिरोले घर पुरिँदा ४ जनाको ज्यान गयो, नौ घाइते

पाेखरा / २६ असार
अविरल वर्षाका कारण गए राति पोखराका दुई ठाउँमा पहिरोले घर पुरिंदाचार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
पोखरामा ३ र हेम्जामा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

राति २ः४५ बजेको समयमा पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयाे ।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयाे । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

त्यसैगरी पोखरा महानगरपालिका-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा तीन वटा बाख्रा पनि पुरिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »