सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाकाे त्राससँगै बिस्केट जात्रा शुरू

काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबारबाट शुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरुआत गरिएको छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ ।

आजबाट सुरू हुने भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का जात्राको रथयात्रामा ध्यान दिएर हेर्नुभयो भने, रथको सबभन्दा अगाडि भागमा तिनै किम्बदन्तीले भरिएको बेताल देख्न सकिन्छ। उनकै बलमा भैरवनाथको अजंग रथ अघि बढ्ने जनविश्वास छ।

बेताललाई यहाँका स्थानीय मानन्धर समुदायका साना बालकका रूपमा मान्छन्। त्यसैले उनलाई बोक्ने पनि मानन्धर समुदायकै मान्छे हुन्छन्। अहिले त बालकको स्वरूपमा उनको मूर्ति रथअगाडि राखिन्छ।

बेतालको मूर्ति फेरिएको करिब दुई वर्ष भयो। त्यसअघिको बेताल ३० वर्ष पुरानो थियो। जात्रा बेला इनाचोको घरमा ठोक्किएर बिग्रिएपछि दाता नारायणप्रसाद खाइजुले अहिलेको बेताल निर्माण गराएका थिए।

ुनिधारमा प्वाल परेकाले फेर्नुपर्‍यो,ु खाइजुले भने, भैरवका नाइकेहरूले मलाई नै बनाउने जिम्मा दिएपछि भगवानका लागि काम गरेको थिएँ।

भैरवनाथ देवता रथमा सवारी भएजस्तै भक्तपुरका अन्य भैरव, अष्टमातृका, गणेशलगायतका सम्पूर्ण देवदेवी द्योछें तल सवारी हुन्छन्। भैरव, अष्टमातृका, गणेशलगायतका देवदेवी द्योछें तल सवारी भएसँगै स्थानीय दाफाभजन खलःले रातभर भजनकीर्तन गर्ने प्रचलन छ।

यस वर्ष भैरवनाथ रथमा चारवटा नयाँ पांग्रा हालिएको छ। जुन अघिल्लो वर्ष नै बनाइएको थियो तर कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्था गर्न भन्दै गत वर्ष रथ तानिएन। यस वर्ष रथको बेतसिँ र बेतसिँ च्याप्ने काःसिँ दुइटा पनि नयाँ हालिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए।

गत वर्ष कोरोना भाइरस संक्रमणको कारण रोकिएको हुँदा यस वर्ष बिस्का जात्रा भव्य र सभ्य हुँदै सबैको अनुमान रहेको छ तर सुरुमा बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, योसिङ (लिंगो) ठड्याउने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने भनी जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) र भक्तपुर नगरपालिकाले निर्णय गरेपछि स्थानीय आक्रोशित भएका थिए। उनीहरूले स्वःस्फुर्त रुपमा बिस्का जात्रा रोक्ने निर्णयविरुद्ध प्रदर्शन गरे। डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र भक्तपुर नपाका मेयर सुनिल प्रजापतिलाई जात्रा रोक्ने निर्णयमा पुनर्विचार गर्न दबाब थिए।

भर्खरै

सम्बन्धित खबर

Language »