सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाका मुख्य लक्ष्ण के हाे ? कस्ताे अवस्थामा अस्पताल जाने ?

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण २ लाख २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३१ लख ९० हजार भन्दा धेरै पुगिसकेको छ । उच्च सतर्कताको बावजुद भाइरस तीव्र रुपमा फैलिएको छ । तर संक्रमणपछि मृत्यु हुने भन्दा उपचार हुनेको संख्या दोब्बर भन्दा धेरै छ । अर्थात्, संक्रमण लागेपछि मृत्यु भइहाल्ने सम्भावना भने कम हुन्छ ।

यद्यपि कोरोनाबाट बच्न केही महत्वपूर्ण सावधानी अपनाउनु जरुरी छ । विशेषगरी यसका दुई लक्षण देखिन्छ । ती हुन्, ज्वरो र सुख्खा खोकी । कतिपय अवस्थामा यसले गर्दा स्वास फेर्न पनि समस्या हुन्छ । यसमा बुझ्नुपर्ने कुरा के छ भने, कोरोना भाइरसका कारण उत्पन्न हुने खोकी अन्य खोकी भन्दा भिन्न किसिमको हुन्छ ।

खोकी लगातार आउन सक्छ । एक घण्टा वा त्यस भन्दा पनि धेरै समयसम्म खोकी लागिरहन सक्छ । २४ घण्टाको अवधिमा कम्तिमा पनि तीन पटक यसरी लगातार सुख्खा खोकी लाग्न सक्छ ।

यस्तै कोरोना भाइरसका कारण शरीरको तापक्रम ३७ दशमलब ८ डिग्री लेल्सियससम्म बढ्नसक्छ । जसले गर्दा शरीरमा ज्वरो आउँछ । साथै यस्तो अवस्थामा जाडो महसुश पनि हुनसक्छ । शरीर काँप्ने र शरीर गल्नसक्छ ।

यसवाहेक टाउको दुख्ने र पखाला पनि लाग्नसक्छ । पछिल्लो केही अनुसन्धानका अनुसार यस्तो बेला केही खानाको स्वाद पनि महसुश नहुने बताइएको छ । साथै गन्भ पनि थाहा नपाउने अवस्था हुन्छ । यस्ता लक्षण पाँच दिनसम्म पनि देखिन सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस मानव शरीरमा १४ दिनसम्म रहनसक्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

कोरोना भाइरस संक्रमण लागेका अधिकांशलाई आराम र प्यारासिटामोल जस्ता दुखाइ क मगर्ने औषधिले पनि ठीक भएको छ । अस्पताल जानुपर्ने अवस्था त्यतिबेला हुन्छ जतिबेला स्वास फेर्न समस्या आउँछ । यसका लागि हाल महामारीलाई मध्यनजर राख्दै विभिन्न देशका सरकारले हटलाइन टेलिफोन सेवा पनि उपलब्ध गराएका छन् ।

-बिबिसी हिन्दीबाट

भर्खरै

सम्बन्धित खबर

Language »