सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ८ हजार नाघ्याे, संक्रमितकाे संख्या १८ लाखनजिक

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७७० पुगेको छ ।

संक्रमण हुनेकाे संख्या भने १८ लाखनिजक पुगेकाे छ । अहिलेसम्म विश्वभर १७ लाख ७९ हजार ९९ जना काेराेनाबाट संक्रमित भएकाे वर्ल्डो मिटर्स जनाएकाे छ । सङ्क्रमितमध्ये ४ लाख २ हजार ७०९ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १२ लाख ६७ हजार ६२० मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ४७९ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ । शनिबार मात्रै त्यहाँ १ हजार ८३० जनाकाे मृत्यु भएकाे छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने देश पनि अमेरिका नै हाे । अहिले त्यहाँ ५ लाख ३२ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् । जसमा ३० हजार भने शनिबार मात्रै संक्रमित भएका हुन् । अहिलेसम्म अमेरिकामा ४ लाख ८१ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ । ३० हजार ४५३ जना भने पूर्णरूपमा निका भइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा १९ हजार ४६८ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ शनिबार मात्रै ६१९ जनाकाे मृत्यु भएकाे छ भने ४ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म इटालीमा १ लाख ५२ हजारभन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ३२ हजार ५३४ जना भने पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ एक लाख बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये ३ हजार ३८१ काे अवस्था गम्भीर रहेको छ ।

काेराेनाले भयावह पारेकाे अर्काे देश हाे स्पेन । स्पेनमा काेराेना संक्रमितकाे संख्या इटालीमा भन्द पनि बढी छ । अहिलेसम्म त्यहाँ १ लाख ६३ हजार भन्दा बढी काेराेना संक्रमित भएका छन् । शनिबार मात्रै त्यहाँ ४ हजासर ७५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्पनेमा अहिलेसम्म काेराेनाका कारण १६ हजारभन्दा बढीकाे ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ५२५ जनाको ज्यान गुमाएका छन् । संक्रमितमध्ये ५९ हजारभन्दा बढीकाे पुर्णरूपमा निकाे भएका छन् । अहिले स्पनेमा ८७ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे वर्ल्डे मिटर्सले जनाएकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेकाे छ । फ्रान्समा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख २९ हजार नाघेकाे छ । तीमध्ये २६ हजार ३९१ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ८९ हजार भन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ । करिब ७ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ १३ हजार ८३२ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् ।

जर्मनीमा पनि काेराेनाले भयावह बनाएकाे छ । जर्मनीमा अहिलेसम्म काेराेनाका कारण २ हजार ८७१ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै त्यहाँ १३५ जनाकाे मृत्यु भएकाे छ । अरूकाे देशकेा तुलनामा त्यहाँ मर्नेकाे संख्या भने निकै धेरै रहेकाे छ ।

अहिलेसम्म जर्मनीमा १ लाख २५ हजारभन्दा बढी काेराेनाबाट संक्रमित भएका छन् । जसमा बिहीबार मात्रै ३ हजार नयाँ संक्रिमत थपिएका हुन् । ५७ हजार ४०० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६५ हजारमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ५ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेनाकाे उद्गम स्थल चीन भने अहिले एक हजारकाे हाराहारीमा मात्रै काेराेना सक्रिय रहेकाे छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निकाे भइसकेका छन्। चीनमा अहिलेसम्म कुल ८२ हजारमा कोरोनाको संक्रमण देखिएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »